अस्पतालबाट डिस्चार्ज भए ट्रम्प

110
  •  
  •  
  •  

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोनाभाइरसबाट सङ्क्रमित भएपछि उपचार गराइरहेका उनी तीन दिन अस्पताल भर्ना गरिएका थिए। ट्रम्पले आउँदो महिना हुने चुनावको प्रचार अभियानमा छिट्टै जोडिने बताएका छन् ।

अस्पतालबाट छोटो हेलिकोप्टर उडानमार्फत् ह्वाइट हाउस पुगेका ट्रम्पको त्यहाँ पनि उपचार जारी रहने चिकित्सकहरूले जनाएका छन्।

त्यसअघि ट्रम्पले ट्वीट गर्दै भनेका थिए, ‘साँच्चिकै राम्रो महसुस भइरहेको छ। कोभिडसँग नतर्सिनुस्।’

ह्वाइट हाउस पुगेपछि उनी एक्लैको तस्बिर खिचिएको छ। जहाँ सैनिकले जस्तो अभिवादन गर्नुअघि उनले मास्क फुकालेको देखिन्छ।

अस्पताल छाड्नु केहीबेर अघि राष्ट्रपतिले छिट्टै चुनावी अभियानमा फर्किने विश्वास व्यक्त गरेका छन्।

उनले ट्वीटमा भनेका छन्, ‘मिथ्या समाचारले केवल मिथ्या चुनावी सर्वेक्षण देखाउँछन्।

डा.सीन कोन्लीले ट्रम्पको स्वास्थ्यमा सुधार भइरहेको तर पूर्ण रूपमा ठीक नभइसकेको बताएका थिए।

उनले ट्रम्पको अवस्था घर जान सक्ने गरि सुरक्षित रहेको बताउँदै उनी हप्ताको सातै दिन २४ घन्टा विश्वका उत्कृष्ट चिकित्सकहरूको निगरानीमा रहने जानकारी दिएका थिए।


  •  
  •  
  •