अमेरिकामा शरणार्थी प्रवेशमा रोक लगाउन ट्रम्पको आदेश

177
  •  
  •  
  •  

काठमाडौं, १५ माघ (एजेन्सी)  : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो मुलुकमा शरणार्थी प्रवेशमा रोक लगाउने अर्काे निर्णयमा हस्ताक्षर गरेका छन् ।

ट्रम्पले ४ महिनाका लागि अमेरिकामा शरणार्थी प्रवेश गर्न सम्पूर्ण रुपले रोक लगाउने निर्णयमा हस्ताक्षर गरेको अन्तर्राट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

इश्लामिक आंकवादी संगठन आइएसएसको पकड रहेको सिरियाका हकमा भने यस्तो रोक अनिश्चतकालसम्म रहने जनाइएको छ ।

उग्र इस्लामवादी आतंककारीहरुलाई देशबाट बाहिर राख्नका लागि भन्दै ट्रम्पले नयाँ कडा उपायहरुको घोषणा गरेका हुन् ।
पेन्टागनमा जेनेरल जेम्स म्याटिसलाई रक्षामन्त्रीमा शपथ दिलाएपछि उनले कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन्।

आप्रवासीहरुलाई प्रेवश दिनेबारे कडा पारिएका उपाय कस्ता हुन्छन् भन्नेबारे उनले विस्तारमा बताएका छैनन्।

 गत वर्ष पूर्वराष्ट्रपति बाराक ओबामाको प्रशासनले १० हजार सिरियाली शरणार्थीलाई अमेरिका प्रवेश गर्न दिएको थियो ।
आफ्नो चुनावी अभियानका क्रममा ट्रम्पले आफ्नो देशका अधिकारीहरुले अवस्थाको विस्तृत अध्ययन नगरेसम्म मुसलमानहरुलाई अमेरिका प्रवेश गर्नबाट पूर्ण प्रतिबन्ध लगाउने बताएका थिए ।


  •  
  •  
  •