अस्पताल भर्ना भए अमेरिकी राष्ट्रपति ट्रम्प

129
  •  
  •  
  •  

एजेन्सी । कोरोना भाइरस संक्रमण देखिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पताल भर्ना भएका छन्। उनी वाल्टर रिड नेशनल मिलिटरी मेडिकल सेन्टरमा भर्ना भएका हुन् ।

 

राष्ट्रपति ट्रम्पसहित पत्नी मेलानियामा पनि शुक्रबार कोरोना पोजिटिभ देखिएको थियो। ह्वाइटहाउसले सावधानी अपनाउन उनलाई अस्पताल लगिएको जनाएको छ। उनमा मध्यखालको लक्षण देखिएको जनाइएको छ। ट्रम्पले थकान महसुस गरे पनि उनमा आत्मविश्वास रहेको ह्वाइहाउसले उल्लेख गरेको छ।

सिबीएस न्युजले जनाए अनुसार ट्रम्पमा हल्का ज्वरो देखिएको छ। अस्पताल जान मारिन वान हेलिकोप्ट चढ्नुुअघि उनले पत्रकारहरुलाई ‘थम्ब्स अप’ गरेका थिए। तर उनले पत्रकारलाई कुनै प्रतिक्रिया दिएनन्। ट्वीटरमा एक भिडियो पोस्ट गर्दै उनले आफू र फस्ट लेडीका तर्फबाट सबैलाई धन्यवाद दिएका छन्।


  •  
  •  
  •