‘ट्रम्पविरुद्ध महाभियोग अगाडि बढ्ने’

157
  •  
  •  
  •  

काठमाडौँ, २० (एजेन्सी):  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोग अगाडि बढ्ने भएको छ।

उनीविरुद्ध महाभियोग लगाइन लागिएकोृ अमेरिकाको तल्लो सदन प्रतिनिधिसभाकी सभामुख तथा विपक्षी दलकी वरिष्ठ नेता न्यान्सी पेलोसीले बताएकी हुन्।

सन् २०२० मा हुने राष्ट्रपतीय निर्वाचनका आफ्ना प्रतिद्वन्द्वी जो बाइडनविरुद्ध भ्रष्टाचारको अनुसन्धान गर्न युक्रेनी समकक्षीलाई दबाव दिएको आरोप ट्रम्पमाथि छ । ट्रम्पले शक्तिको दुरुपयोग गरे÷नगरेबारे सुनुवाइ गरेको त्यहाँको प्रतिनिधिसभाकी सभामुख पेलोसीले महाभियोग लगाउने बताएकी हुन् ।

राष्ट्रपति ट्रम्पले भने आरोप गलत भन्दै बरु चाँडो यो प्रक्रिया टुँग्याएर देशका मुद्दामा केन्द्रीत हुन आग्रह गरेका छन्।

पत्रकार सम्मेलनमा बोल्दै पेलोसीले भनिन्, ‘तथ्यहरू अकाट्य छन्। राष्ट्रपतिले आफ्नो राजनीतिक फाइदाका निम्ति शक्तिको दुरुपयोग गरेर राष्ट्रिय सुरक्षा दाउमा पारे।’ प्रतिनिधिसभामा महाभियोगमाथिको मतदान यो वर्षभित्रै हुनसक्छ।


  •  
  •  
  •