ट्रम्पलाई पदको दुरुपयोगमा महाभियोग लगाउने प्रशस्त प्रमाण

145
  •  
  •  
  •  

एजेन्सी । अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोगको अनुसन्धान गरिरहेको एउटा टोलीले ट्रम्पलाई पदको दुरुपयोगमा महाभियोग लगाउन प्रशस्त प्रमाण रहेको जनाएको छ ।

ट्रम्प–युक्रेन महाभियोग अनुसन्धान नामक प्रतिवेदनलाई संसद्को तल्लो सदनको गुप्तचरीसम्बन्धी विषय हेर्ने समितिले सार्वजनिक गरेको छ ।

समितिले राष्ट्रपतिले व्यक्तिगत लाभका लागि पदको दुरुपयोग गरेको आरोप लगाउँदै महाभियोगसम्बन्धी उक्त प्रतिवेदन सार्वजनिक गरेको हो ।

प्रतिवेदनमा ट्रम्पमाथि न्यायमा अवरोध पु¥याएको तथा आगामी चुनावमा आफ्नो हितका लागि यूक्रेनलाई मुछ्न खोजेको आरोप लगाइएका छन् । ट्रम्पले भने आफूले कुनै पनि किसिमले गैरकानूनी गतिविधि नगरेको बताउँदै आएका छन् ।

अनुसन्धान सम्बन्धी ड्राफ्ट प्रतिवेदन सार्वजनिक हुनु अघि राष्ट्रपति ट्रम्पले डेमोक्र्या्िटक पार्टीको नेतृत्वमा भइरहेको अनुसन्धानको आलोचना गरेका थिए ।


  •  
  •  
  •