अमेरिकी राष्ट्रपति ट्रम्पलाई २० लाख डलर जरिवाना तिर्न आदेश

72
  •  
  •  
  •  

एजेन्सी । अमेरिकाको एक अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई २० लाख डलर जरिवाना तिर्न आदेश दिइएको छ ।
सन् २०१६ को राष्ट्रपति चुनावमा परोपकारी संस्थाको रकम प्रयोग गरेको आरोपमा न्यूयोर्कको एक न्यायाधीशले २० लाख डलर जरिवानाको आदेश दिएका हुन् ।

न्यायाधीशले राष्ट्रपति ट्रम्पले नै यो रकम तिर्नुपर्ने आदेशमा उल्लेख गरेको बीबीसीले जनाएको छ ।

राष्ट्रपति ट्रम्पमाथि सन् २०१६ को राष्ट्रपति चुनावमा परोपकारी संस्थाको रकम प्रयोग गरेको आरोप लागेको थियो ।
परोपकारी संस्थाको रकम राजनीतिक उद्देश्यका लागि खर्च गर्नु गलत भएको न्यायाधीशहरुको भनाइ छ ।


  •  
  •  
  •