किमले पाए ट्रम्पको चिट्ठी

281
  •  
  •  
  •  

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ–उनलाई चिट्ठी पठाएका छन् ।
उत्तर कोरियाका सरकारी सञ्चारमाध्यमका अनुसार किमले ट्रम्पले पठाएको उत्कृष्ट चिट्ठी प्राप्त गरेका छन् ।

नेता किमले ट्रम्पको चिट्ठीलाई ‘उत्कृष्ट’ भनेको र त्यसमा रहेको विषयवस्तु मनपराएको, त्यसमा सोचविचार गरेको उत्तर कोरियाको समाचार संस्था केसिएनएले जनाएको छ ।

यस्तै किमले अमेरिकी राष्ट्रपति ट्रम्पको असाधारण प्रयास तथा साहसको पनि प्रशंसा गरेको जनाइएको छ । जुनको सुरुमा अमेरिकी राष्ट्रपति ट्रम्पले किमबाट आफूले सुन्दर चिट्ठी पाएको बताएका थिए ।

ट्रम्पले कहिले र कसरी आफ्नो चिट्ठी किमलाई पठाएको भन्ने खुलेको छैन । यसबारे अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले केही बताएको छैन ।

गएको फ्रेबुअरीमा भियतनाममा भएको ट्रम्प–किम वार्ता बिना सहमति टुंगिएको थियो ।


  •  
  •  
  •