रूपन्देही, १३ असोज(ओएनएस) : भैरहवाको बेलहिया नाकाबाट इन्धन बोकेका तथा मालबाहक ट्रकहरु नेपाल भित्रिएका छन् । नेपाल र भारत दुवै देशका सुरक्षाकर्मी र भन्सार कार्यालयका कर्मचारीहरूको बैठकपछि सवारी साधलाई प्रवेश दिइएको हो ।
भारतबाट केही संख्यामा बुलेट, केही संख्यामा पेट्रोलियम पदार्थ बोकेका तथा अन्य खाद्यान्न बोकेका ट्रक नेपाल भित्रिएको छ । भारतमा रोकिएका तेलका ट्यांकर र अन्य मालवाहक सवारी साधनहरूलाई भारतीय प्रहरी सुरक्षा दिएर नेपाल पठाइरहेको छ ।
आज भैरहवाको अवस्था शान्त छ । सर्वसाधारणको चहलपहल बढेको छ । दुवै तर्फ सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ ।