काठमाडौं, २ असार (ओएनएस) । राजधानीको थानकोटमा सोमबार विबहान ट्रकले एक स्कुले विद्यार्थीलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको छ ।
ना ४ ख १२ ४२ नम्बरको ट्रकको ठक्करबाट नुवाकोट महाकालीका ८ वर्षका बालक साहिल तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । विद्यालय जाँदै गरेका बालकलाई ट्रकले ठक्कर दिएको थियो ।
घटनापछि स्थानीयवासीले राजधानी भित्रिने मुख्य नाकाका रुपमा रहेको अवरुद्ध पारेका छन् । स्थानीयसँ सडक खुलाउन पहल भइरहेको प्रहरीले जनाएको छ ।
Comments are closed.