चक्रपथ क्षेत्रमा टिप्पर, ट्रक सञ्चालनमा रोक, समय तोकियो

  •  
  •  
  •  

tippar
काठमाडौं, २७ असार (ओएनएस) : सरकारले बुधबारदेखि लागू हुनेगरि काठमाडौंको चक्रपथ क्षेत्रमामा चल्ने ट्रक, मिनी ट्रक र टिप्पर सञ्चालनलाई व्यवस्थित गरेको छ । बिहान र बेलुका कार्यालय सञ्चालनको समयमा यी साधन सञ्चालनमा रोक लगाइ्ने छ ।

यातायात व्यवस्था विभाग, महानगरीय ट्राफिक प्रहरी महाशाखा र ट्रक तथा टिप्पर व्यवसाय महासङ्घ, यातायात व्यवसायी राष्ट्रिय महासंघको मंगलबार यातायात व्यवस्था विभागमा बसेको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

निर्णयअनुसार बिहान– ९ बजेदेखि ११ बजे तथा बेलुका ४ बजेदेखि ७ बजेसम्म सञ्चालनमा रोक लगाइएको छ ।
उक्त समयमा सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा, रामेछाप, सिन्धुलीलगायत जिल्लाबाट भित्रिने ट्रक, मिनिट्रक र टिप्परमा रोक लगाइएको छ ।

कोटेश्वर क्षेत्रमा सवारी साधनको चाप बढी भएकाले चक्रपथ क्षेत्रमा सवारी सञ्चालनमा रोक लगाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख मिङमार लामाले बताए ।

प्रमुख लामाले मुग्लिङ–नारायणगढ सडक रातिको समयमा बन्द भएपछि कोटेश्वर क्षेत्रमा सवारी चाप बढेको छ ।
मुग्लिङ–नारायणगढ सडक सञ्चालन हुँदा बिपी राजमार्गमा दैनिक एक हजार ५०० को हाराहारीमा सवारीसाधन सञ्चालन हुनेमा उक्त सडक रोक लगाउँदा बिपी राजमार्गमा दैनिक छ हजार ५०० को हाराहारीमा सञ्चालन हुने महाशाखाको तथ्याङ्क छ ।


  •  
  •  
  •