ट्रक रूखमा ठोक्किँदा चालक र सहचालकको मृत्यु

148
  •  
  •  
  •  

बारा, ३० कात्तिक(ओएनएस) : बारामा ट्रक दुर्घटना हुँदा ट्रकका चालक र सहचालकको मृत्यु भएको छ । बाराको गढीमाई नगरपालिका जितपुर-३ मा ना ४ ख २५९८ नम्बरको ट्रक अनियन्त्रित हुँदा रूखमा ठोक्किएपछि ट्रकका चालक र सहचालकको मृत्यु भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा गोरखा जिल्ला ताप्ले गाविस-२ निवासी चालक ५५ वर्षीय टंकबहादुर बानिया र सोही ठाउँका १९ वर्षीय सहचालक प्रमोद बोगटी रहेका छन् । आइतबार राति दुर्घटना भएपछि घाइते भएका उनीहरुको वीरगंजमा उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको हो ।


  •  
  •  
  •