त्रिशुली नदीमा कार खस्यो, तीनजना वेपत्ता

109
  •  
  •  
  •  

तस्वीरः सौजन्य विनोद श्रेष्ठ

चितवन । मुग्लिन नजिकै नाग्दिखोलाबाट कार त्रिशुलीमा खस्दा तीन जना वेपत्ता भएका छन् । काठमाडौंबाट पोखरा जाँदै गरेको कार पृथ्वी राजमार्गको मुग्लिन नजिकै नाग्दिखोलामा गएराति साढे १२ बजे दुर्घटना हुँदा तीनजना बेपत्ता भएका हुन् भने एक जनाको घाइते अवस्थामा उद्धार गरिएको छ ।

कार त्रिशुली नदीमा खसेर दुर्घटनाग्रस्त भएको ट्राफिक प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । प्रहरीका अनुसार काठमाडौंबाट पोखरा जाँदै गरेको ना २ च ४९१८ नम्बरको कार अनियन्त्रित भई सडकबाट झण्डै १०० मिटर तल त्रिशुली नदीमा खसेको हो ।

घटनामा उद्धार गरिएका पोखराका ४९ वर्षीय रुद्रलाल सुवेदीको उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुरमा लगिएको छ ‌। दुर्घटनामा बेपत्ता भएकाहरूमा पोखरा महानगरपालिका वडा नं ७ कै अन्दाजी ५५/६० वर्षिय प्रेम भुजेल, ५५/६० वर्षीय लेखबहादुर भुजेल र ३६ वर्षीया ईश्वी भुजेल रहेको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •