चर्कियो ट्रेकिङ कम्पनीहरूमा मजदुर समस्या

294
  •  
  •  
  •  

काठमाडौ १०, भदौ (ओएनएस) :  ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)मा आवद्ध ट्रेकिङ कम्पनीहरूमा मजदुर समस्या चर्किएको छ । एक्स्प्लोर हिमालय ट्राभल एण्ड एडभाञ्चरसहित केही कम्पनीमा मजदुरले आन्दोलन गरेपछि आफुहरु आतङ्कित हुनु परेको व्यवसायीहरूले बताएका छन् ।

अखिल नेपाल क्रान्तिकारी मजदुर युनियन समर्थित मजदुरले ती कम्पनीबाट आफ्ना नागरिकलाई भ्रमण नगर्न केही विदेशी दुतावासमा पत्राचारसमेत गरेको बताइएको छ । यसले गर्दा व्यवसायीले सो क्रियाकलापको विरोधसमेत गरेका छन् । मजदुर यूनियनका गतिविधिबाट व्यवसायमा प्रत्यक्ष असर परिरहेको संयुक्त पर्यटन समन्वय समितिले जानकारी दिएको छ ।

एक्स्प्लोर हिमालयसहित हिमालयन एक्सपिडिसन इन, पिक प्रमोशन र हिमालयन गाइड कम्पनीमा सो यूनियनसम्बद्ध मजदुरले आन्दोलन गरिरहेका छन् । मजदुरका समस्याबारे गम्भिर हुँदाहुँदै पनि अनावश्यक माग राखिनु जायज नभएको व्यवसायीहरूको भनाइ छ ।

आन्दोलनरत मजदुरले नेपालस्थित भारतीय, अमेरिकी, डेनमार्क, जर्मनलगायत दुतावासमा पत्राचार गर्दै ती चार कम्पनीले मजदुरलाई निस्काशन गरेको बेहोराको पत्राचार गर्दै ती कम्पनीमार्फत आफ्ना देशका नागरिकलाई भ्रमण नगर्न आग्रह गरेको बुझिएको छ ।

कानूनी बाटो खोज्नुको साटो दुतावासमा पत्राचार गरी कम्पनीको बदनाम गर्न खोजिएको एक्स्प्लोर हिमालयका अध्यक्ष सुमन पाण्डेले बताए । हामी छलफलद्वारा समस्या समाधान गर्न तयार छौं,’ धमलाले भने, ‘तर, कसैको उक्साहटमा मजदुर कम्पनीको विरोधमा उत्रिएका छन् । ’ मजदुरहरूले २ सय ४० दिनभन्दा बढी काम गरेका मजदुरलाई स्थायी गरिनुपर्ने माग गर्दै आएका छन् ।


  •  
  •  
  •