नवलपरासी, २८ जेठ (ओएनएस) : नवलपरासीमा जथाभावी गाडी चलाउने २७ जना सवारी चालक पक्राउ परेका छन् । जिल्ला ट्राफिक कार्यालयले रहजरमा गरेको जाँचको क्रममा २७ जना सवारी चालक कारबाहीमा परेका हुन् ।
मंगलबारराति ट्राफिक नियम उल्लंघन गरेर सवारी साधन चलाउने, मादकपदार्थ सेवन गरेर सवारी चलाउने, मोटरसाइकलमा तीनजना चढ्ने लगायत कारबाहीमा परेका हुन् । त्यसैगरी ट्राफिक नियम उल्लंघन गर्नेबाट पाँच हजार ८ सय रुपैयाँ राजस्व संकलनसमेत भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । नवलपुर क्षेत्रमा ट्राफिक प्रहरी, प्रहरी र नवलपुर ट्याक्टर समितिले संयुक्त रूपमा दिनहुँ ट्राफिक जाँच गर्ने गरेको जनाएको छ ।