त्रिदेशीय फुटबल हेर्न जनस्वास्थ्यका मापदण्ड अनिवार्य

88
  •  
  •  
  •  


काठमाडौं । त्रिदेशीय फुटबल प्रतियोगिता हेर्न जाने दर्शकले स्वास्थ्य सुरक्षाका मापदण्डलाई अनिवार्य पालना गर्नुपर्ने भएको छ ।

अखिल नेपाल फुटबल सङ्घका अनुसार कोरोना भाइरसको दोस्रो लहरको जोखिम बढेको हुँदा मापदण्डलाई अनिवार्य गरिएको हो ।

तापक्रम नाप्ने, स्यानिटाइजर प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने र मास्क अनिवार्य लगाउनु पर्ने एन्फाले जनाएको छ । त्रिदेशीय फुटबल प्रतियोगिता आजदेखि हुँदैछ । बेलुका साढे ५ बजे दशरथ रङ्गशालामा हुने प्रतियोगिताको पहिलो खेलमा बंगलादेश र किर्गिस्तानले खेल्दैछन् ।

नेपालले आफ्नो पहिलो खेल १२ गते किर्गिस्तानसँग खेल्नेछ । यस्तै, दोश्रो खेल १४ गते बंगलादेशसँग खेल्नेछ । फाइनल खेल १६ गते हुनेछ ।


  •  
  •  
  •