भारत-अष्ट्रेलियाद्धारा फिलिप हग्सलाई ६३ सेकेण्डको श्रद्धाञ्जली…(फोटोफिचर)

331
  •  
  •  
  •  

काठमाडौ, २३ मंसिर(एजेन्सी) : भारत र अष्ट्रेलियाबीच आजबाट सुरू भएको बार्डर-गावास्करको एडिलेड टेष्टको आजको खेल सकिएको छ । आजको खेल सुरू हुनुअघि खेलाडी, खेल अधिकारी र दर्शकहरूले अष्ट्रेलियाली क्रिकेटर फिलिप हग्सलाई ६३ सेकेण्ड मौन रहेर ऋद्धाञ्जली दिएका छन् ।

tributes for hughes at aus india cricket test3हग्सको गत महिना शेफिल्ड शील्ड प्रतियोगिताको क्रममा ६३ रनमा क्रिजमा रहेका थिए । सोही क्रममा सीन एबोटको एक बाउन्सर बलले लागेर उनको ज्यान गएको थियो । उनले बनाएको अन्तिम स्कोर बराबरकै समय मौन रहेर उनलाई श्रद्धाञ्जली दिइएको हो ।

यसअघि समाचारहरूमा अष्ट्रेलियाले हग्सलाई ओपनिङ गराउन सक्ने समाचारहरू प्रकाशित गरेका थिए । अर्थात् एडिलेड टेष्टमा अष्ट्रेलियाले आफ्नो पारीको सुरूवात शून्य रन १ विकेटबाट सुरू गर्न सक्ने बताइएको थियो ।

एडिलेड टेष्टको पहिलो दिन आज मैदानमा प्रवेश गर्ने समयमा दुवै टोलीका खेलाडीहरूले कालो पट्टी लगाएर हग्सको असामयीक निधनको शोक मनाएका थिए । एडिलेडमा उपस्थित दर्शकहरुले ६३ सेकेण्ड मौन बसेर हग्सलाई श्रद्धाञ्जली दिएका थिए ।

अष्ट्रेलियाका कप्तान माइकल क्लार्कले टसपछि हग्स आफ्नो मष्तिष्कमा नै घुमिरहेको बताएका थिए । क्लार्कले भने, ‘मेरो सानो साथी यस समय यही चाहन्छ होला की हामी मैदान प्रवेश गरौ र ख्रिकेट खेलौ ।

आजको खेलमा शतक प्रहार गर्ने अष्ट्रेलियाली ब्याटस्म्यान डेविड वार्नरले ६३ रन जोड्दा ब्याट उचालेर फिलिप हग्सलाई श्रद्धाञ्जली दिएका थिए ।

पहिलो दिनको खेल सकिँदा अष्ट्रेलियाले आफ्ना ६ विकेट गुमाउँदै ३ सय ५४ रन जोडेको छ । उसका लागि डेविड वार्नरले १ सय ४५ रन जोडेका थिए । यस्तै, स्टेभन स्मिथ ७२ रन जोडेर अविजित छन् । यसैगरी कप्तान माइकल क्लार्कले रिटायर्ड हर्ट हुनुअघि ६० रन, मिचेल मार्सले ४१ रन जोडेका थिए ।


  •  
  •  
  •