त्रि—चन्द्रमा विद्यार्थी र प्रहरीबीच झडप

354
  •  
  •  
  •  

काठमाडौं, २६ जेठ (ओएनएस) : राजधानीको त्रि–चन्द्र क्याम्पसमा माइक्रोबायोलोजीका विद्याथीले गरेको आन्दोलनमा प्रहरी र विद्यार्थीबीच झडप भएको छ । मोइक्रोबायोलोजीका विद्यार्थीले आफ्ना माग सरकारले पूरा नगरेको भन्दै सोमबार त्रिचन्द्र अगाडी एक घण्टा सडक जामको आयोजना गरेका थिए ।

IMG_4824 copy

प्रहरीले सडक जाम गर्न नदिएपछि क्याम्पस भित्रैबाट विद्यार्थीले ढुंगामुढा गरे । क्याम्पस भित्रबाट प्रहर गरिएको ढंगाले सडकमा हिड्ने सर्वसाधरणलाईमसते चोट लागेपछि प्रहरीले क्याम्पस परिसरभित्रै प्रवेश गरेर विद्यार्थीमाथि अन्धाधुन्ध लाठीचार्ज गरेको हो ।

प्रहरीले हाम्रा फोटोग्रफार कविन अधिकारीमाथि पनि लाठचार्ज गरेको छ । उनको अनुहारमा चोट लागेको छ ।

IMG_4879 copy
तस्वीरहरु : कविन अधिकारी/ओएनएस

प्रहरीको लाठीचार्जबाट दर्जनौ विद्यार्थी घाइते भएका छन् । विद्यार्थीहरुले हरेक स्वास्थ्यसम्बन्धि संघ÷संस्था, अनुसन्धान केन्द्र तथा अस्पतालमा अनिर्वायरुपमा माइक्रोबायोलोजिस्ट राखिनुपर्नेलागयतका माग राखी आन्दोलन गरिरहेका छन् ।


  •  
  •  
  •  

Comments are closed.