आंगिक क्याम्पसमा ३३ प्रतिशत महिला प्रमुख राख्नुपर्ने माग

297
  •  
  •  
  •  

काठमाडौं, ४ चैत(ओएनएस) : आंगिक क्याम्पसहरुमा ३३ प्रतिशत महिला क्याम्पस प्रमुख राख्नुपर्ने माग राख्दै त्रिभुवन विश्वविद्यालयमा आन्दोलन शुरु भएको छ ।

त्रिविका महिला प्राध्यापक, महिला कर्मचारी तथा विद्यार्थीहरुले संबैधानिक ब्यवस्था अनुसार महिला प्राध्यापकलाई ३३ प्रतिशतको ब्यवस्था गर्न माग गर्दै आन्दोलन थालेका हुन् ।

पद्मकन्या बहुमुखी क्याम्पसमा रिक्त रहेको क्याम्पस प्रमुखमा महिला प्राध्यापक नियुक्त गर्न माग गर्दै उनीहरुले केही दिनदेखि धर्ना शुरु गरेका छन् । महिलाहरु मात्रै अध्ययन गर्ने क्याम्पसमा समेत पुरुष प्रमुख हुनु आपत्तिजनक भएको उनीहरुको भनाइ छ ।

आन्दोलनरत महिला प्राध्यापकले उपकुलपति, शिक्षाध्यक्ष र क्याम्पस प्रशासनमा तालाबन्दी समेत गरेका छन् । माग पूरा नभए थप आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

राज्यका सबै निकायमा ३३ प्रतिशत महिला सहभागिताको व्यवस्था भएपनि त्रिविमा त्यो कार्यान्वयनमा आउन सकेको छैन ।

विश्वविद्यालयका ६१ वटा आंगिक क्याम्पस मध्ये २ वटामा मात्र महिला प्रमुख रहेका छन् । २१ वटा क्याम्पसमा महिला प्रमुख हुनुपर्ने उनीहरुको माग छ ।


  •  
  •  
  •