झगडा गर्नेलाई रूखमा बाँधेर सजाय दिइने

465
  •  
  •  
  •  

मोरङ, १४ साउन : गाउँमा बढ्दै गएको झैँझडामा रक्सी र लागुऔषध मुख्य कारण रहेको ठान्दै मोरङ राजघाट–८ चक्रेटोलवासीले लागुऔषध र रक्सी सेवन गरेर झगडा गर्नेलाई गाउँमा १२ घण्टा बाँधेर आफैले सजाय दिने निर्णय गरेका छन् ।

गाउँमा बढ्दो झडालाई न्यूनीकरण गर्न सोमबार भेला भएको गाउँलेको बैठकले स्थानीय आमा समूहकी अगुवा बिमला पोमूको अध्यक्षतामा सुरक्षा समिति गठन गरेर दोषीलाई सोही समितिबाट कारबाही गर्ने निर्णय गरेका हुन् ।

उनीहरूले गाउँमा रक्सी र लागुऔषध खाएर होहल्ला गर्नेलाई गाउँको मुख्य चौकमा रहेको ठूलो बरको रूखमुनि १२ घण्टा डोरीले बाँधेर सजाय दिने र आइन्दा होहल्ला गर्दिन भन्ने प्रतिबद्धता गराए छाड्ने निर्णय गरेको स्थानीय प्रभाति निमाविका शिक्षक मोहन चापागाईंले बताए ।


  •  
  •  
  •