एउटै रुखबाट ३६ लाख

331
  •  
  •  
  •  

काठमाडौं २८ साउन (ओएनएस) : एउटा रुखबाट वर्षभरिको कमाई कतिसम्म होला ? हजार, शदहजार या लाख । सायद कसैले अनुमान गर्ला , मझुवाका धनबहादुर लामाको एउटै रुखको कमाई ३६ लाख रुपैयाँ पुगेको छ । यो बोधित्तिको रुख हो । जसले दुई वर्षको दुई छिमल फल बेच्दा उनलाई धनवर्षा भइरहेको छ । पैसाको झोला बोकेर क्रेता फेदमै आइपुग्छन् ।

पहिले उक्त रुखमा फल्ने दानाबाट उपार्जन होला भन्ने कल्पनासमेत थिएन । गेडा फल्यो, झथ्र्यो । रहदाँ बस्दा तिनै दाना उनेर माला लगाउनुपर्छ भन्ने उनले बुझे । अरुलाई बाँडे । तीनवर्षअघि नै उनले बोधिचित्तको फल बेचेर साढे १२ लाख रुपैयाँ कमाए । त्यो कुरा संचारमाध्यममा आयो । जसबाट झन् चर्चा भएर कमाई साढे २२ लाख पुग्यो । अनि यो वर्ष २८ लाख कमाई भइसक्यो, दोस्रो सिजनको फलका लाथि ८ लाख थमाउने आइसके । ‘अरु कमाउन मलेसिया कतार जान्छन्’ लामाले भने ‘मेरो त यही रुख अमेरिका हो ।’
कान्तिपुरबाट


  •  
  •  
  •