वीरलाई बिरामी बनाउने को ?

456
  •  
  •  
  •  

सम्झना गैरे,
काठमाडौं, १४ साउन (ओएनएस) : नुवाकोटका राम तामाङले सिकिस्त आमालाई उपचारका लागि हतारहतार राजधानीको वीर अस्पतालमा ल्याए । तर उनी त्यतिबेला रनभुल्लमा परे जतिबेला अस्पतालको गेटमै ‘वीर अस्पताल त बिरामी परेछ’ भन्ने लेखेको देखे । अस्पतालले प्रदान गराउने सेवा र प्रविधी अत्यन्त कमजोर भएको भन्दै आवासीय चिकित्सक विगत चार दिनदेखि आन्दोलनमा छन् । उनीहरूले अस्पतालाई ‘विरामी’ घोषणा गरेका छन् । अस्पतालका चिकित्सक नै आन्दोलनमा उत्रिएपछि तामाङकी आमालगायतका विरामी अलपत्र परेका छन् ।

IMG_4208 copyअस्पताल भित्र बिरामीको संख्या न्यून छ । तर, अस्पताल गेटमा आन्दोलनका लागि सम्बन्धी टासिएका पोष्टर र ब्यानर हेर्नेको भिड लागेको छ । अरु दिन बिरामीको चाप थेग्न नसक्ने यो अस्पतालका बेडहरू बुधबार खाली देखिए । तर, बाहिर भने आन्दोलनलाई समर्थन गर्ने बिरामीको भिड छ । सर्वसाधारण आन्दोलनको पोष्टर हेर्दै भनिरहेकाछन्, ‘हाम्रो अस्पताल त बिरामी परेछ, कहिले होला निको हुने ?’

सर्वसाधरणलाई उपचारमा मर्का नपरोस भन्दै ३ सय जना आवासिय चिकित्सकले सेवा सुचारु गर्न आग्रह गरे, तर न बिरामी उपचारबाट खुसी छन्, न त डाक्टरनै । ‘उपचार त सुचारु छ, तर कसरी गर्ने ?, प्रबिधी छैन हामीसँग, भएका सबैमा खिया लागिसके, हामीले कसरी गर्ने उपचार ?’ आवासीय चिकित्सक डा. मंगल रावल भन्छन्, ‘अब उचित उपचारका लागि बिरामी आन्दोलनमा उत्रिनुपर्छ ।’IMG_4226 copy

सबैभन्दा ठूलो सरकारी अस्पतालमा गुणस्तरीयता नभएपछि आवासिय चिकित्सक बिगत चार दिनदेखि आन्दोलनमा छन् । ‘गरिव नेपालीको अस्पताल आफैमा गरिब छ, राष्ट्रपति, प्रधानमन्त्री नेता र उनका छोराछोरी वीर अस्पतालमा उपचारमा आउने भइदिएको भए, सुबिधा सम्पन्न हुनेथियो । तर, यो त गरिब नेपालीको अस्पताल हो’ भन्दै चिकित्सकले आन्दोलनल गर्ने निर्णय गरेका छन् । ‘नेपाली जनता ढुक्क हुनुस् माग पुरा नभएसम्म हामी डग्दैनौ, हाम्रो धर्म हामीले निर्वाह गर्नैपर्छ ।’ भन्ने चिकित्सकको मागलाई बिरामी र अस्पताल प्रशासनले समेत साथ दिएको छ ।

IMG_4253 copy
तस्वीर: कविन अधिकारी/ओएनएस

कसको उपचार कहाँ र कसरी ?
नेताको उपचार शैली र खर्च आजभोली व्यापक बहसको विषय बन्न थालेको छ । प्राविधिक सुधारका लागि आन्दोलनरत आवासीय चिकित्सकले कसको उपचार कहाँ र कती भन्दै राष्ट्रपति, प्रधानमन्त्री देखि नेताको धज्जी उडाएका छन् । वीर अस्पतालको गेटमै ब्यानर टासेर उनीहरू प्रश्न गर्दैछन्, ‘देशमा प्रधानमन्त्री एकजना छन् । उपचारका लागि अमेरिका जान्छन् । एक दिनको निर्णयमा उपचार गर्न गएका उनले एक पटकमा १० करोड सिध्याउँछन् । तर, गरिब नेपाली जनताको समान्य स्वास्थ्य सेवा पाउन कति वर्ष कुर्नुपर्ने ?’

डाक्टरको ब्यङग्य प्रहारबाट राष्ट्रपति समेत अछुतो हुन सकेनन् । ब्यानर मार्फत चिकित्सक भन्दैछन्, ‘राष्ट्रपति एकजना छन्, उपचारका लागि जापान जान्छन्, एकपटकमै ५० लाख सिध्याउँछन् । उनलाई उपचारमा लैजाने निर्णय एक दिनमा हुन्छ, तर तीन करोड नेपालीलाई सेवा दिने वीर अस्पतालको सामान्य माग पुरा गर्न कति वर्ष लाग्छ ?’ यसको जवाफको प्रतिक्षामा छन् चिकित्सक देखि बिरामी । तर, सरकार भनिरहेको छ, ‘जस्तो सेवा छ देउ ।’

IMG_4232 copy

वीरमा कार्यरत डाक्टर सन्दिप रायका अनुसार उपचार सुचारु भए पनि अस्पताल सेवा दिन सक्ने अवस्थामा छैन । ‘देशको यति ठूलो अस्पतालमा सिटी स्क्यान बिग्रेको एक वर्ष भइसक्यो, बिरामीलाई सिटी स्क्यान गराउनु परे अन्तै लानुपर्छ । गरिब जनताले कसरी थेग्ने उपचार खर्च’ भन्दै उनले वीरकोे दयनीय अवस्थामाथि प्रश्न तेस्र्याए, ‘सकुसल बाँच्ने आश लिएर आउने बिरामी सरकारको पालरबाहीले मर्दैछ ।’

संसदमा पनि वीरकै चर्चा

‘नेपालको अस्पताल हेर्न वीर अस्पताल जानु !’ नेपालको जेठो वीर अस्पतालमा भइरहेको चिकित्सक आन्दोलन प्रति सभासद्हरूले ध्यानाकर्षण गराएका छन् । व्यवस्थापिका संसदको आज बसेको बैठकको बैठकको शून्य समयमा सभासदहरूले वीर अस्पतालमा भइरहेको आन्दोलन प्रति ध्यानाकर्षण गराएक हुन् ।

‘नेपालको अनुहार हेर्न वीर अस्पताल गए हुन्छ’, एमाओवादी सभासद् रामनारायण बिडारीले भने, ‘वीर अस्पताल बन्द गरेर चिकित्सक निजी अस्पताल चलाईरहेका छन् ।’ राप्रपा नेपालका बिक्रबबहादुर थापा लगायतले वीर अस्पतालमा भइरहेको चिकित्सकको आन्दोलनले सर्वसाधारण उपचार गराउनबाट बञ्चित भएको भन्दै अस्पतालको सेवा सुचारु गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।


  •  
  •  
  •