विश्व ट्रेड यूनियन महासंघको सम्मेलन नेपालमा

184
  •  
  •  
  •  

काठमाडौं २५ माघ (ओएनएस) : विश्व ट्रेड यूनियन महासंघको सम्मेलन नेपालमा पहिलो पटक नेपालमा हुने भएको छ । विश्वका प्रगतिशील एवं समाजवादी श्रमिकहरुको अन्तराष्ट्रिय केन्द्र विश्व ट्रेड यूनियन महासंघको विषयगत केन्द्र ट्रेड युनियन इन्टरनेशनल पब्लिक सर्भिसको १२ औँ अन्तर्राष्ट्रिय सम्मेलन आगामी फागुन १ र २ गते काठमाडौँमा हुनेछ ।

सम्मेलनको तयारी गर्न मूल समिति र अन्य १३ वटा उपसमिति गठन गरिएको छ । सम्मेलनलाई भव्यताका साथ सम्पन्न गर्न पेशागत महासंघ नेपाल ९कोनेप० मा आवद्ध निजामति कर्मचारी संगठन ९नेगो० आयोजक र सार्वजनिक संस्था कर्मचारी संगठन –पिन०, राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल९नहेप० र स्थानीय निकाय कर्मचारी संघ, नेपाल (एलजेन_ सह–आयोजक रहेर पेशागत महासंघ, नेपालको समन्वयमा तयारी कार्य भईरहेको छ ।

ट्रेड यूनियन इन्टरनेशनल पब्लिक सर्भिसको स्थापना सन १९४९ मा जमर्नीको वर्लीनमा भएको हो । यस केन्द्रमा विश्वका ४० देशका ट्रेड यूनियनमा आवद्ध २ करोड श्रमिकहरु संगठित छन् । यस केन्द्रको एघारौँ सम्मेलन सन् २००९ मा व्राजिलमा सम्पन्न भएको थियो । नेपाल निजामती कर्मचारी संगठन९नेगो०ले यस केन्द्रको सदस्यता सन् १९९५ मा प्राप्त गरेको थियो ।

सार्वजनिक संस्था कर्मचारी संगठन(पिन), राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल९नहेप०र स्थानीय निकाय कर्मचारी संघ, नेपाल(एलजेन)ले सदस्यताका लागी आवेदन गरिसकेको छ । महासंघले शनिबार प्रेस विज्ञप्ती जारी गरेर भनेको छ ‘विश्वका सेवा क्षेत्रहरु–विशेषतः निजामती सेवा, सार्वजनिक संस्थान, स्वास्थ्य सेवा, स्थानीय निकाय क्षेत्रमा कार्यरत श्रमिक कर्मचारीहरुको अन्र्तराष्ट्रिय केन्द्रको रुपमा रहेको यस केन्द्रको वाह्रौ अधिवेशन नेपालमा आयोजना हुने विषय आफैमा दुई वटा विषयले ऐतिहासिक महत्वको विषय बनेको छ ।

पहिलो, नेपालमा २०६२र०६३ मा भएको शान्तिपूर्ण जनक्रान्तिवाट निरङ्गुश राजतन्त्रको अन्त्य भई गणतन्त्र घोषणा भएको विषयले विश्वभर नेपालमा भएको युगान्तकारी परिवर्तनलाई विश्व समुदायले नजिकवाट नियाली रहेका छन् । दोश्रो, नेपाल पर्यटकीय गन्तव्य मुलुक भएका कारण नेपाल बिश्वका सबै जन समुदायकोे आकर्षणको केन्द्र वनीरहेको वेला नेपालमा राजनितीक घटनाको विकास एवं आर्थिक, सामाजिक र पर्यटन क्षेत्रको विकासको सन्देश प्रवाह गर्न आसन्न कंग्रेसको महत्व रहेकोे छ । यस सम्मेलनमा विश्वका सवै महादेशवाट प्रतिनिधित्व हुने भएको छ ।

जस अनुसार दक्षिण अफ्रिका, ग्यावन, इजिप्ट लगायतका मुलुकबाट ३५ जना,यूरोपको ग्रीस,ईटाली,पोर्चुगल लगायतका देशबाट ३० जना, दक्षिण अमेरिकाको व्राजिल, चिली, पेरुलगायतका देशबाट १५ जना, एसियाप्यासिफिक क्षेत्रका चीन, जापान, भारत, वंगलादेश, श्रीलंका, भियतनाम, लाओेस, लगायतका देशवाट ४० जना समेत गरी झण्डै १२० जना सहभागी हुने छन् ।’ सम्मेलनका लागि ‘नीजिकरण र पुँजिवादी सुधारको विरोध गरौ, सर्वसाधारण जनताका लागी सार्वजनिक सेवाको प्रत्याभुति गरौ’ भन्ने मूल नारा तय गरिएको छ ।

श्रमिकहरुको सेवा सुरक्षा, वृत्ति विकास, ट्रेड यूनियन अधिकार को विषयमा पनि कंग्रेसमा गहन छलफल हुनेछ । सार्वजनिक सेवाको प्रभावकारीता अभिवृद्धि गर्न र उत्पादकत्व अभिवृद्धिका लागी असल कार्य संस्कृतिको निर्माण गर्नका लागी ट्रेड युनियनको भूमिकाको वारेमा पनि सम्मेलनमा छलफल हुने छ ।  ट्रेड यूनियन आन्दोलनमा हुर्किरहेको अराजकतावाद,अवसरवाद र वर्ग समन्वयवादका विरुद्ध वैचारिक संघर्ष गर्दै अनुशासित, जुझारु एवंम् लोकतान्त्रीक तवरले श्रमिक वर्गीय आन्दोलनको विकास गर्ने विषयमा पनि व्यापक छलफल हुने छ ।

सम्मेलनको उद्घाटन नेपाल प्रज्ञा प्रतिष्ठानमा नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता के।पी।शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ । उद्घाटन सत्रमा नेपाल सरकारका बरिष्ठ मन्त्रीहरु र राष्ट्रियरअन्र्तराष्ट्रिय ट्रेड यूनियनका नेताहरुले सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।


  •  
  •  
  •