सत्य निरुपण तथा मेलमिलाप आयोगमा नियुक्तिका लागि सिफारिस समिति

129
  •  
  •  
  •  

काठमाडौ, २ असार (ओएनएस) । सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता छानविन आयोगमा गरिने नियुक्तिका लागि सिफारिस गर्न पूर्व प्रधानन्यायाधीश ओमभक्त श्रेष्ठको नेतृत्वमा एक सिफारिस समिति बनाइएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले समिति गठन गर्ने निर्णय गरेको हो ।

समितिमा सपना प्रधान मल्ल, घनश्याम लाल दास, प्रदीप पोखरेल र मानव अधिकार आयोगले तोकेको सदस्य सचिव रहने सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले जानकारी दिए । उनका अनुसार दलित आयोगको अध्यक्षमा मानबहादुर नेपाली, राष्ट्रि अनुसन्धान विभागको प्रमुखमा जितबहादुर केसी, चुरे संरक्षण कार्यक्रमको अध्यक्षमा रामेश्वर खनाललाई नियुक्ति गरेको छ ।

यस्तै, विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा परासद कोइराला र सुकुम्वासी आयोगको अध्यक्षमा शारदाप्रसाद सुवेदी र प्रधानमन्त्रीको सामाजिक सल्लाहकारमा विजन पन्तलाई नियुक्त गरेको छ ।

यस्तै ३ जना सह सचिवहरुलाई कामु सचिव बनाएर क्षेत्रीय प्रशासकको जिम्मेवारीमा पठाएको प्रवक्ता रिजालले जानकारी दिए । विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक अर्जुन कार्कीलाई पश्चिमांचल, शिक्षा मन्त्रालयका प्रवक्ता महाश्रम शर्मालाई पूर्वाञ्चल र गृहका प्रवक्ता शंकर कोइरालालाई मध्यमांचल क्षेत्रीय प्रशासकको जिम्मेवारी दिइएको छ ।

वैठकले उपचारका लागि आजै अमेरिका जान लागेका प्रधानमन्त्री सुशील कोइरालाको भ्रमण स्वीकृत गरेको छ । प्रधानमन्त्री सोमबार साँझ अमेरिका जाने तय भएको छ भने कहिले फकिन्छन् केही खुलाइएको छैन । जिब्रोको क्यान्सरको नियमित फ्लोप र फोक्सोमा देखिएको दाग जचाउन उनी अमेरिका जान लागेका हुन् । फोक्सोको दाग क्यान्सर हुने सक्ने अनुमान गरिएको छ ।


  •  
  •  
  •