बेपत्ता छानविन र मेलमिलाप आयोगमा पदाधिकारी सिफारिश

145
  •  
  •  
  •  

काठमाडौं, १६ माघ (ओएनएस) : सत्यनिरुपण तथा बेपत्ता छानविन आयोगको लागि गठीत सिफारिश समितिले दुई आयोगको लागि पदाधिकारीहरुको नाम सरकारलाई सिफारिश गरेको छ ।

पूर्वन्यायाधिस ओभभक्त श्रेष्ठ अध्यक्ष रहेको सिफारिश समितिले सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगको लागि अध्यक्षसहित सदस्यहरको नाम प्रधानमन्त्री सुशील कोइराललाई सोमबार सिफारिस गरेको हो ।

सत्यनिरुपण तथा मेलमिलाप आयोगको लागि अध्यक्षमा सूर्यकिरण गुरुङ र बेपत्ता छानविन आयोग अध्यक्षा लोकेन्द्र मल्लिकलाई सिफारिश गरिएको छ ।

गुरुङ संसद सचिवालयका पूर्व महासचिव तथा रासियको लागि पूर्वराजदूत हुन् भने मल्लिक पूर्वन्यायाधिस हुन् ।

सत्य निरुपण आयोग सदस्यहरुमा लिला उदासी, माघवी भट्ट, श्रीकृष्ण सुवेदी र मञ्चला झाको नाम सिफारिस गरिएको छ ।

वेपत्ता छानवीन आयोगको सदस्यहरुमा विजुल विश्वकर्मा, विष्णु पाठक, नरकुमारी गूरुङ र आइवहादुर गूरुङलाई सिफारिस गरिएको छ ।

यसअघि बरिष्ठ अधिवक्ता तथा पूर्वसभामुख दमननाथ ढुङगानालाई सत्य निरुपण आयोगमा प्रस्ताव गरिएपनि अस्वीकृत भएको थियो ।

सिफारिस गरिएकाहरुले मन्त्रिपरिषद्ले अनुमोदन गरेपछि काम सुरु गर्नेछन् ।

unnamed


  •  
  •  
  •