राष्ट्रिय ट्रमा सेन्टरमा आवश्यक सामग्री जडानको काम धमाधम

164
  •  
  •  
  •  

 काठमाडौं ३ असोज (ओएनएस) : बहुप्रतिक्षित राष्ट्रिय ट्रमा सेन्टर सार्क सम्मेलन लगतै सञ्चालनमा आउने भएको छ । मंसिरको दोश्रो सातादेखि सेन्टर सञ्चालनको तयारी भएको ट्रमा सेन्टरकी वरिष्ठ नर्स नरदेवि वरियाले बताइन् ।

सार्क सम्मेलनमा सम्पन्न गर्न अपरेसनका लागि आवश्यक सामग्री जडानको काम धमाधम भइरहेको उनले जानकारी दिइन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दक्षिण एशियाली श्रोत्रीय सहयोग संगठन(सार्क) को बैठकमा भाग लिन आएको वेलामा सो भवन नेपाल सरकारलाई हस्तान्तरण गरिने बताइएको छ ।

सार्क वैठक आगामी मंसिर १० र ११ गते काठमाडौंमा हुँदै छ ।  अस्पतालले हस्तान्तरण लगतै आंशिक रुपमा सेवा सुरु गर्ने बताइएको छ । ‘भारतीय पक्षले फास्टट्रयाकमा सामान ल्याइ फिट गर्ने र मंसिरसम्म तयार पार्ने भनेको छ, उनले भनिन् त्यही अनुसार तयारी गरेका छौं ।’ तत्कालिन भारतीय प्रधानमन्त्री इन्द्रकुमार गुजराल नेपाल आएको बेलामा १७ बर्ष अघि सेन्टरको सिलान्यास भएको थियो ।

२०६३ मा सञ्चालन गरिने भनिएपनि वीर अस्पताल र सरकारको विवादका कारण रोकिएको थियो ।

सेन्टरलाइ आवश्यक चिकित्सक तथा कर्मचारी केही काज  र केही करारमा लिने तयारी भएको उनले जानकारी दिइन् । सुरुमा न्युनतम जनशक्ति माग गरेका छौं, मन्त्रालयबाट सकारात्मक प्रतिक्रिया आएको छ’ उनले भनिन् ।  यता भारतीय राजदुतावासले चाँडै जनशक्ति तयार गर्न चिठी पठाइसकेको छ ।
भारतीय मन्त्रालयले एमआरआई,सिटीस्कयानजस्ता मेसिन पठाउने तयारी गरेको छ । त्यस्तै त्यसका लागि आवश्यक कक्ष,अप्रेसन कक्ष निर्माण कार्य भइरहेको उनले जानकारी दिइन् ।

भारतीय सहयोगमा २ करोड लगानीमा  निर्माण भएको ट्रमा सेण्टरमा २ सय ओटा शैय्या रहने छन् । सुरुमा ५० ओटा मात्र सञ्चालन गर्ने  । सुरुमा दिवा सेवा मात्र सञ्चालन गर्ने योजना रहेको उनले जानकारी दिइन् । ‘पछी सेवालाई बढाउदै लैजाने योजना छ’ उनले भनिन् । ट्रमा सेण्टरमा चोटपटक लागेका,हड्डी भाचिएका, दैवि प्रकोपमा परेका विरामीको उपचार गरिने बताइएको छ ।

२०६३ सालदेखि सञ्चालनमा गरिने भनिएतापनी सरकार र वीर  अस्पतालको विवादले सेण्टर सञ्चालनमा आउन सकेन । सरकारले पहिला राष्ट्रिय ट्रमा सेण्टरलाई वीर अस्पतालको मातहतमा सञ्चालन गर्ने भनेको थियो । तर ट्रमा सेण्टर सञ्चालनमा ढिलाइ हुने भएपछि सरकारले आफै सञ्चालन गर्ने निणर्य गरेको थियो । हाल विवाद साम्य भएको छ । २०६० सालमा नेपाल सरकार र भारत सरकारविच ट्रमा सेण्टर सञ्चालनको सम्झौता भएको थियो ।

सेण्टरमा हाल हप्तामा ३ दिन २ घण्टा ओपिडी सञ्चालन गरिदै आएको छ । हालसम्म २ सय भन्दा बढी विरामीको चेकअप गरिसकेको उनले बताइन् । सेण्टरमा प्लाष्टिक सर्जरी,न्युरो,अर्थोपेडिक,जनरल सर्जरी युरोलगायतको उपचार गरिन्छ । ट्रमा सेन्टरको निर्माण पुरा भएको पाँच बर्ष भयो ।


  •  
  •  
  •