ट्रमा सेन्टर नेपाललाई हस्तान्तरण

374
  •  
  •  
  •  

Trauma-Center
  काठमाडौं, ९ मंसिर (ओएनएस)  : भारतीय सरकारको सहयोगमा बनेको राष्ट्रय ट्रमा सेन्टर  भारतले नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।

सार्क शिखर सम्मेलनको अवसरमा मंगलवार काठमाडौं आएक भारतीय प्रधानमन्त्रि नरेन्द्र मोदीले प्रधानमन्त्री शुसील कोइरालालाई हस्तान्तरण गरेका हुन् । सो अवसरमा मोदीले  ट्रमा सेन्टर दुई देशविचको सम्वन्धको उदाहरण भएको बताए । जिन्दगी बचाउनका लागि ट्रमा सेन्टर काममा आउने उनले बताए ।

मोदीले छोटो समयमा नेपाल भारतको धेरै काम अघि बढेकोमा खुसी व्यक्त गरे । सो अवसरमा उनले नेपालका राजनितिक दलका नेताहरुलाई समयमै संविधान बनाउन आग्रह गरे । उनले भने ‘नेपाल अगाडी बढ्दै छ , अव संविधान निर्माणको काम छिटो गर्नुपर्यो । ’ मोदीले जनकपुर लुम्विीनी र मुक्तीनाथको भ्रमण निकट भविष्यमा नै गर्ने बताए ।

अस्पतालले हस्तान्तरण लगतै आंशिक रुपमा सेवा सुरु गर्ने ट्रमा सेन्टरकी वरिष्ठ नर्स नरदेवि वरियाले बताइन् ।
तत्कालिन भारतीय प्रधानमन्त्री इन्द्रकुमार गुजराल नेपाल आएको बेलामा १७ बर्ष अघि सेन्टरको सिलान्यास भएको थियो । २०६३ मा सञ्चालन गरिने भनिएपनि वीर अस्पताल र सरकारको विवादका कारण रोकिएको थियो ।
भारतीय सहयोगमा २ करोड लगानीमा निर्माण  भएको ट्रमा सेण्टरमा २ सय ओटा शैयया रहने छन् ।

सुरुमा ५० ओटा मात्र सञ्चालन गर्ने । सुरुमा दिवा सेवा मात्र सञ्चालन गर्ने योजना रहेको उनले जानकारी दिइन् । ‘पछी सेवालाई बढाउदै लैजाने योजना छ’ उनले भनिन् । ट्रमा सेण्टरमा चोटपटक लागेका,हड्डी भाचिएका, दैवि प्रकोपमा परेका विरामीको उपचार गरिने बताइएको छ । २०६३ सालदेखि सञ्चालनमा गरिने भनिएतापनी सरकार र वीर अस्पतालको विवादले सेण्टर सञ्चालनमा आउन सकेन ।

सरकारले पहिला राष्ट्रिय ट्रमा सेण्टरलाई वीर अस्पतालको मातहतमा सञ्चालन गर्ने भनेको थियो । तर ट्रमा सेण्टर सञ्चालनमा ढिलाइ हुने भएपछि सरकारले आफै सञ्चालन गर्ने निण्ँर्य गरेको थियो । हाल विवाद साम्य भएको छ । २०६० सालमा नेपाल सरकार र भारत सरकारविच ट्रमा सेण्टर सञ्चालनको सम्झौता भएको थियो । सेण्टरमा हाल हप्तामा ३ दिन २ घण्टा ओपिडी सञ्चालन गरिदै आएको छ ।

हालसम्म २ सय भन्दा बढी विरामीको चेकअप गरिसकेको उनले बताइन् । सेण्टरमा प्लाष्टिक सर्जरी,न्युरो,अर्थोपेडिक,जनरल सर्जरी युरोलगायतको उपचार गरिन्छ । ट्रमा सेन्टरको निर्माण पुरा भएको पाँच बर्ष भयो ।


  •  
  •  
  •  

Comments are closed.