आदेशमै अल्झियो ट्रमा सेन्टर

1150
  •  
  •  
  •  

trauma_centerकाठमाडौ, २५ पुस : सर्वोच्च अदालतले राष्ट्रिय ट्रमा सेन्टरलाई न्याम्सअन्तर्गत सार्ने निणर्य तत्काल कार्यान्वयन नगर्न बुधबार अन्तरिम आदेश दिएको छ।

न्यायाधीश दिपकराज जोसीको इजलासले सेन्टरका निर्देशक डा. अशोकरत्न बज्राचार्यले सरकारलाई विपक्षी बनाई निणर्य खारेज गर्न माग गर्दै दायर गरेको रिटमा अदालतले यस्तो आदेश दिएको हो।

गत पुस ११ मा मन्त्रीपरिषद बैठकले ‘राष्ट्रिय ट्रमा सेन्टर विकास समिति’ गठन आदेश खारेज गर्दै सेन्टरलाई न्याम्स अन्तर्गत ल्याउने निणर्य गरेको थियो। सरकारले यसअघि सेन्टरलाई न्याम्सबाट छुट्याएर स्वास्थ्य मन्त्रालयअन्तर्गत राख्ने निर्णय गरेको थियोर।

यसैबीच सर्वोच्च अदालतले मेडिकल काउन्सिलले जानकी मेडिकल कलेजलाई यसै शैक्षिक सत्रमा एमबीबीएस भर्ना रोक्न गरेको निणर्यमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।

न्यायाधीश गिरीशचन्द्र लाल र चोलेन्द्रशमशेर राणाको संयुक्त इजलासले निवेदकको मागबमोजिम अन्तरिम आदेश जारी नहुने निणर्य सुनाएको हो। यो आदेशले उक्त कलेजले तत्काल विद्यार्थी भर्ना गर्न पाउने छैन। अन्नपूर्ण पोष्टबाट


  •  
  •  
  •