तपाईको गाडीको नम्वर कति हो ?

365
  •  
  •  
  •  

काठमाडौं, २७ कात्तिक (ओएनएस) : तपाईको गाडीको नम्वर कति हो जोर वा विजोर ? अव तपाईले नम्वर अनुसार मात्र गाडी चलाउनु पाउनुहुने छ ।

सार्क सम्मेलनको पाँच दिनसम्म पालैपालो जोर र विजोर गाडी चलाउन दिने निणर्य गरेको छ । सार्क शिखर सम्मेलनमा सुरक्षा व्यवस्थाका लाग यस्तो व्यवस्था गरेको हो ।

ट्राफिक व्यवस्थापनलाई सहज बनाउन महानगरीय ट्राफिक प्रहरी महाशाखाले सार्क सम्मेलन हुने दुई दिन उपत्यकामा जोर–बिजोर नम्बर प्लेट भएका सवारी साधन चलाउने प्रबन्ध गर्न सुझाव दिएको थियो ।
त्यस्तै मंसिर १० र ११ गते उपतयकामा सार्वजनिक विदा दिने निर्णय गरेको छ । सम्मेलनका लागि आउने विदेशी पाहुनाको सुरक्षा र सवारी साधन ब्यवस्थापनका लागि बिदा दिने निर्णय भएको सरकारका एक मन्त्रीले जानकारी दिए । सरकारले सार्क सम्मेलनको दिन २ दिन सार्वजनिक विदा चार दिन स्कूल कलेज बन्द गराउन लागेको हो ।

सम्मेलनका लागि २ दिन सरकारी विदादिन गृहमन्त्रालयलले प्रस्ताव गरेको थियो ।

 


  •  
  •  
  •