दसैमा घर जाने यात्रु बहाक सवारी साधानको चाप बढ्यो

110
  •  
  •  
  •  

काभ्रे, १४ अजोज (ओएनएस)  : फुलपातीको अघिल्लो दिन आज दसैँमा घर जाने यात्रुबहाक सवारी साधनले अरनिको र बीपी रामार्गमा चाप बढेको छ । भक्तपुरको जगाती नाका भएर अरनिको राजमार्ग हुदै काभ्रे, सिन्धुपाल्चोक,दोलखा,रामेछाप र ओखलढुंगाका साथै बीपी राजमार्ग भएर धुलिखेल–सिन्धुली अन्तर्गत तराईका जिल्लामा चल्ने साना तथा ठूला सवारीसाधन अघिल्लो दिनको तुलनामा विहानैदेखि निकै बढि गुडिरहेका छन् ।

राजधानी पूर्वका जिल्लाहरुमा यातायातको सुविधा दिदैँ आएको अरनिको यातायात सेवा समितिले यात्रुहरुको चापलाई मध्यजनर राख्दै दिवा र रात्री बस सञ्चालन गरिरहेको छ । त्यस्तै बीपी राजमार्गमा हिमाल तराई र मध्यपहाडी यातायात सेवा समितिले पनि बस बढाएका छन् । सिन्धुलीको खुर्कोटमा पक्की पुलबनेपछि बीपी राजमार्ग अन्तर्गत खुर्कोट–सेलेघाट हुदैँ रामेछाप जिल्लामा बस सेवा सञ्चालनमा आएपछि वीपी राजमार्गमा यो वर्ष सवारी चाप बढेको हो । बसको छतमा यात्रु नदेखिए पनि भित्र भने खचाखच देखिन्छन् ।

काभ्रे प्रहरीले छतमा यात्रु राख्न कडाई गरेको छ । राजमार्गमा हुन सक्ने दुर्घटना र आपराधिक गतिविधि रोक्न जिल्ला प्रहरी कार्यालयले मातहातका सबै प्रहरी युनिटहरुलाई निर्देशन दिनुका साथै उच्च सर्तकताका साथ राखेको छ ।


  •  
  •  
  •