सोरु गाउँपालिका सडक सञ्जालमा जोडियो

831
  •  
  •  
  •  

काठमाडाैं, १२ असाेज (अाेएनएस) : मुगु जिल्लाको उत्तरी भेगमा पर्ने सोरु गाउँपालिका सडक सञ्जालमा जोडिएको छ । जिल्ला समन्वय समिति मुगु अन्तर्गत गैर सरकारी संस्था ग्रामिण पहुँच कार्यक्रम र्‍याप थ्रि को आर्थिक र प्राविधिक सहयोगमा सडक निर्माण भए संगै सोरु गाउँपालिका सडक सञ्जालमा जाडिएको हो ।

गमगढी गिलाह सडकखण्डको निमार्ण सम्पन्न भएसंगै बिहिबार चार प्राङ्ग्रे गाडी सोरु गाउँपालिकाको तारापानी सम्म पुगेका थियाे । तारापानीमा पहिलो पटक गाडी पुग्दा स्थानीय हर्षित हुनुका साथै गाडी पुगेको खुसीयालीमा स्थानीयले फुलमाला बाजाँगाजाले स्वागत गरेका थिए ।

जिल्लाकै दुर्गम मानिने सोरु गाउँपालिकामा पहिलो पटक गाडी पुग्दा स्थानीय गाडी हेर्नकै लागि लामबद्ध भएर सडक आसपासमा पुगेका थिए। एक दिनको पैदल यात्रापछि सदरमुकाम पुगिने अब एक घण्टाको यात्राबाट पुग्न सकिने सोरु गाउँपालिकाको ८ का स्थानीय जयबहादुर शाहीले बताए । बिरामी हुदाँ धेरै समस्या हुने गरेको भएपनि अब सदरमुकाम जान आउन सहज हुनुका साथै औषधी उपचारकालगि सहज हुने भन्दै शाहीले खुसी ब्यक्त गरे ।

सडक निमार्ण गर्ने र्‍याप थ्रि लाई स्थानीयले धन्यवाद दिए । गमगढी ग्रिलाह सडको २२ किलो मिटर सडक निर्माण पुरा भएको र केहि थप मर्मतको काम बाँकी रहेकोले मंसिरको अन्तिम सम्ममा सोरु गाउँपालिकालाई हस्तान्तरण गरिने ग्रामिण पहुच कार्यक्रमका टिम लिडर मोहन रुवालीले बताए ।


  •  
  •  
  •