यात्रु र सवारी साधनको सास्ती कम गर्न काठमाडौं भित्रिने नाकामा विशेष व्यवस्था

89
  •  
  •  
  •  

काठमाडौं, १९ असोज (ओएनएस) : दशैअघि काठमाडौंबाट बाहिरिएका यात्रुलाई काठमाडौं आउन सजिलो होस् भनेर विशेष योजना बनाएको महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंले जनाएको छ । दशैको बेला झण्डै २७ लाख मानिस काठमाडौं बाहिर गएको तथ्याङक छ ।

विजयादशमी सकिएलगत्तै काठमाडौं भित्रिने यात्रु र सवारी साधनको चाप बढ्न थालेकाले काठमाडौं भित्रिने मुख्य नाका नागढुङगामा सुरक्षा व्यवस्था कडा बनाइएको ट्राफिक प्रहरीले जनाएको छ । सवारि साधन विग्रिएर वा दुर्घटना भएर सडक नै जाम हुने गरकोले त्यसको व्यवस्थापनका लागि क्रेनसहितको जनशक्ति खटाईएको महानगरिय ट्राफिक महाशाखाका प्रहरि नायब उपरिक्षक सुमन तिमल्सिनाले जानकारी दिनुभयो । यस्तै दशैको बेलामा बिशेष मापसे चेकजाँच अभियान चलाईरहेको महानगरिक ट्राफिक प्रहरीले जनाएको छ ।

दशै बिदाको चार दिनमा रक्सी खाएर सवारी चलाउने ४ सय जनालाई कारवाही गरिएको र चेकजाँच कै कारण दुर्घटना न्युनिकरण भएको प्रहरीको दाबी छ । चाडवाडका बेलाकाठमाडौंमा दुर्घटना शुन्य बनाउने अभियान दशैमा पनि संचालन भईरहेको र दशैको चार दिनमा सामान्य खालका जम्मा ८ वटा दुर्घटना मात्रै भएको महाशाखाका प्रहरि नायब उपरिक्षक तिमल्सिनाले बताए ।


  •  
  •  
  •