सरूवाको अधिकार क्षेत्रीय प्रशासक र सिडिओलाई

494
  •  
  •  
  •  

काठमाडौँ, २९ पुस(ओएनएस) : सरूवाका लागि सामान्य प्रशासन मन्त्रालय धाउनु पर्ने अवस्थाको अन्त्य भएको छ । मन्त्रालयले सरूवाको जिम्मेवारी सिडिओ र क्षेत्रीय प्रशासकलाई दिएपछि उक्त अवस्थाको अन्त्य भएको हो ।

निजामती कर्मचारीहरूको सरूवाका लागि मन्त्रालय नै पुग्नुपर्ने बाध्यता रहेकोमा मन्त्रालयले सरूवाको प्रक्रियालाई सहज बनाउनका लागि यस्तो निर्णय गरेको हो । मन्त्रालयले मंगलबार मात्र उक्त निर्णय गरेको हो । कुनै पनि कर्मचारी सरूवाका लागि मन्त्रालयले सिडिओ र क्षेत्रीय प्रशासकलाई जिम्मेबारी दिएको छ ।

सरूवाका लागि मन्त्रालयमा फाइल पठाएर सरूवाका लागि लामो प्रक्रियाको अन्त्य भएसँगै कर्मचारीको सरूवा पक्रिया सहज बन्ने भएको छ । यसले कर्मचारी सरूवाको प्रक्रिया समेत प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

जिल्लाका सिडिओले कर्मचारीले गरेका काम कारबाहीका बारेमा राम्रोसँग जानकारी लिन सक्ने र कर्मचारीको योग्यता तथा क्षमताबारे जानकारी हासिल गर्न सहज हुने भएपछि कुन कर्मचारीलाई कुन स्थानमा पठाउँदा सेवा प्रभावकारी हुन्छ भन्ने निर्णय गर्न सहज हुने अपेक्षा सहित यस्तो निर्णय गरिएको मन्त्रालय स्रोतले जनाएको छ ।

Adhikar-Pratyayojan-1


  •  
  •  
  •