ट्रान्सएसियाको विमान नदीमा खस्यो, ९ को मृत्यु

151
  •  
  •  
  •  

काठमाडौ, २१ माघ(एजेन्सी) : ताइवानको राजधानी ताइपेईमा बुधबार बिहान ट्रान्सएसियाको एक यात्रुबाहक विमान दुर्घटनाग्रस्त हुँदा ९ जनाको ज्यान गएको छ । विमानमा रहेका दर्जनौ मानिस बेपत्ता रहेका छन् । उक्त विमानमा ५८ यात्रु रहेको अन्तराष्ट्रिय सञ्चारमाध्मयले जनाएका छन् ।

यात्रुबहाक विमान जीई २३५ चीनबाट हिडेको थियो र विमानमा ५३ यात्रुमध्ये ३१ जना पर्यटक थिए । यात्रुहरूमा २ बालकहरू पनि रहेको बताइएको छ । बुधबार विहान अचानक ताइपे नदीमा विमान खसेको थियो । यो घटनामा ९ जनाको मृत्यु भएको पुष्टी भएको छ भने अन्यको खोजी तथा उद्धारकार्य जारी रहेको बताइएको छ ।

दुर्घटनाका कारणबारे केही थाहा हुन सकेको छैन् ।


  •  
  •  
  •