कार र पुलमा ठोक्किँदै यसरी खस्यो विमान नदीमा…(भिडियोसहित)

429
  •  
  •  
  •  

काठमाडौ, २१ माघ (एजेन्सी) : ताइवानको राजधानी ताइपेईमा बुधबार बिहान ट्रान्सएसियाको एक यात्रुबाहक विमान दुर्घटनाग्रस्त हुँदा कम्तिमा १६ जनाको ज्यान गएको छ । उक्त विमानमा ५८ यात्रु रहेको अन्तराष्ट्रिय सञ्चारमाध्मयले जनाएका छन् ।

यात्रुबहाक विमान जीई २३५ चीनबाट हिडेको थियो र विमानमा ५३ यात्रुमध्ये ३१ जना पर्यटक थिए । यात्रुहरूमा २ बालकहरू पनि रहेको बताइएको छ । बुधबार विहान अचानक ताइपे नदीमा विमान खसेको थियो । विमान नदीमा खस्नुभन्दा पहिले सडकमा हिडिरहेको एक कारसँग ठोक्किएको थियो । लगत्तै उक्त विमान पुलमा ठोक्किँदै नदीमा खसेको थियो ।

passenger_plane_crash1कारमा विमान ठोक्किएपछि उक्त कारका चालकलाई टाउकोमा गम्भिर चोट लागेको समाचारहरुमा जनाइएको छ । उनको उपचार भइरहेको बताइएको छ ।

दुर्घटनाका कारणबारे केही थाहा हुन सकेको छैन् ।

हेरौ उक्त दुर्घटनाको भिडियो…

[box type=”shadow” ][/box]


  •  
  •  
  •