धामीझाँक्रीलाई तालिम

102
  •  
  •  
  •  

दार्चुला १८ भदौ : पछिल्लो समय दार्चुलाका धामीझाँक्रीको व्यवहार फेरिँदै गएको छ । सामुदायिक ग्रामीण विकास समाजसँगको सहकार्यमा जिल्लामा सञ्चालन भइरहेको सुआहारा कार्यक्रमले धामीझाँक्रीलाई तालिम दिएपछि उनीहरुको व्यवहारमा सकारात्मक परिवर्तन आएको हो । जिल्लाभरिका झन्डै ३७० जना धामीझाँक्रीलाई तालिम दिइएको छ ।

तालिम पश्चात् उनीहरुले गर्ने व्यवहारमा उल्लेख्य सुधार हुँदै गएको पाइएको सामुदायिक ग्रामीण विकास समाजका टोलीनेता अशोक ओझाले बताए । यसअघि गर्भवती तथा सुत्केरी महिला तथा बालबालिकाका साथै युवा, वयस्कदेखि वृद्धवृद्धासम्म सामान्य बिरामी हुँदा धामीझाँक्रीको भर पर्ने गरेकोमा अहिले स्थानीय बासिन्दा धामीझाँक्रीकहाँ नगई स्वास्थ्य संस्थामा जान थालेका छन् ।

धामीझाँक्रीले पनि स्वास्थ्य संस्थामा जान सल्लाह दिन थालेका छन् । पहिला ज्वरो आएमा, टाउको दुखेमा तथा पेट दुख्नेजस्ता समस्या हुँदा उनीहरु धामीझाँक्रीकहाँ झारफुक गराउन जाने गर्दथे । तालिमपछि रुढिवादी परम्पराको अन्त्य हुने देखिएको छ ।


  •  
  •  
  •