मात्र एक छात्राका लागी चल्छ रेल

415
  •  
  •  
  •  

train-for-one-studentकाठमाडौँ, २६ पुस(एजेन्सी) : एक छात्रालाई विद्यालय पुर्‍याउन र घर फर्काउनका लागि एउटा रेल नै चल्छ भन्ने सुन्दा सायद हामीमध्ये कसैलाई पनि विश्वास लाग्दैन । हामीले विद्यालय जानका लागि कति दु:ख गर्नुपर्छ र कति अप्ठ्यारा पार गरेर जानुपर्छ यो हामी सबैले भोगेको कुरा भएकाले पनि एक विद्यार्थीलाई विद्यालय पुर्‍याउन र घर फर्काउनका लागि एक रेल चल्छ भन्ने सुन्दा विश्वास कसरी गर्न सक्छौ तर, जापानमा एक विद्यार्थीका लागि रेल नै चल्दो रहेछ ।

जापान सरकारले एक गाउँमा बस्दै आएको परिवारकी एक बालिकालाई स्कुल पुर्‍याउन र घर फर्काउनका लागि रेल नै चलाउने गरेको छ । जापानको उत्तरी आइल्याण्ड होकाइदोमा शिराताकी गाऊँ रहेको छ । यहाँको रेल स्टेशनलाई सरकारले ३ वर्ष पहिले नै बन्द गर्ने निर्णय गरेको थियो । यसरी रेल सेवा बन्द भएपछि एक विद्यार्थीले विद्यालय जानका कुनै साधन नपाएको खबर रेलका कर्मचारीहरुले थाहा पाएपछि रेल मन्त्रालयलाई उक्त जानकारी दिएका थिए ।

सरकारले ती विद्यार्थीका लागि रेललाई पुन: सञ्चालन गर्ने आदेश दिएको छ । साथै ती छात्राले आफ्नो ग्राजुएशन नसकेसम्म रेल नरोक्न आदेश दिएको छ । रेल चल्ने समय पनि ती छात्राको विद्यालय जाने समयलाई ख्याल गरेर राखिएको छ । ती छात्राको विद्यालय बिदा भएको दिनमा रेल चल्दैन ।

यसपछि ती छात्रा दैनिक रेलमार्फत विद्यालय जान्छिन् र रेलबाट नै घर फर्किन्छिन् । यो रेल आगामी मार्चसम्म मात्र चल्नेछ । ती छात्राको ग्राजुएशन आगामी मार्चमा सकिने भएका कारण रेल सेवा पनि मार्चबाट बन्द हुने भएको हो ।

यस समाचारले सामाजिक सञ्जालमा पनि निखै चर्चा पाएको छ । जापान सरकारको निकै प्रशंसा पनि गरिएको छ ।


  •  
  •  
  •