अमेरिकामा रेल दुर्घटना, ४२ जना घाइते

167
  •  
  •  
  •  

 

train crash philidelphia

वासिङ्टन, ६ भदौ (एजेन्सी) : अमेरिकी सहर फिलाडेल्फीयामा मङ्गलबार बिहान सबेरै भएको एक रेल दुर्घटनामा ४२ व्यक्ति घाइते भएका छन।

पेन्सिलभानिया यातायात विभागका महिला प्रवक्ता हिथर रेडफर्नका अनुसार उच्च गतिमा आएको सो रेल दुर्घटनाग्रस्त भएको थियो ।

उच्च गतिमा आइरहेको यो रेल रोकेर राखेका अर्को एक रेलसँग ठोक्किँदा दुर्घटना भएको थियो । यस घटनामा परी घाइते भएकाहरुको ज्यान जाने अवस्था भने नरहेको र रेडफर्न बताउनु भएको छ । मध्य रातपछि भएको यस घटनाको कारण अनुसन्धानरत रहेको पनि उहाँले जानकारी दिनु भएको छ । 


  •  
  •  
  •