नेपालको राष्ट्रिय झण्डा अंकित आफ्नै रेल(फोटो फिचर)

138
  •  
  •  
  •  

काठमाडौं । नेपालको राष्ट्रिय झण्डा अंकित जनकपुर–जयनगर चल्ने रेल नेपाल ल्याइएको छ । भारतमा निर्माण भएको रेल भारतको जयनगर स्टेशनबाट जनकपुर ल्याईएकाे हाे ।

रेल विभागका महानिर्देशक बलराम मिश्रका अनुसार नेपालको राष्ट्रिय झण्डा अंकित दुई वटा रेल भारतको बिहारमा रहेको हाजीपुर स्टेसनबाट जयनगर हुँदै जनकपुर ल्याइएको हो । लामो समयदेखि बन्द रहेको रेल जनकपुर आउने निश्चित भएपछि स्थानीयबासिन्दा उत्साहित भएका छन् । आवश्यक कानून बनाएर दशैँ–तिहारपछि रेल सञ्चालनमा ल्याउने विभागले जनाएको छ ।
भारतीय सरकारी कम्पनी कोनकान कम्पनीमार्फत रेल सेट खरिद गरिएको होे ।

हेर्नुहोस् तस्बिरमा

 

(फोटो: रेल विभागका महानिर्देशक बलराम मिश्रको फेसबुकबाट)


  •  
  •  
  •