द्धन्दका खतरानाक दृश्यसँगै ऋतिक र कट्रिनाको रोमान्स…(भिडियोमा)

102
  •  
  •  
  •  

film-bang-bangकाठमाडौ/ असोज : आगामी २ अक्टोबरमा रिलिज हुने भनिएको चलचित्र ब्याङ ब्याङको पहिलो ट्रेलर सार्वजनिक गरिएको छ । यसभन्दा पहिले चलचित्रको स-साना टीजर मात्र सार्वजनिक भएका थिए । करिब ३ मिनेटको उक्त ट्रेलरमा द्धन्दको दृश्य शसक्त रूपमा देखाइएको छ ।

ट्रेलरमा द्धन्दका साथै ऋतिक र कट्रिनाको लव केमेष्ट्रीलाई पनि देखाउने प्रयास गरिएको छ । ट्रेलरमा केही कमेडी सिन समेत राखिएको छ । ट्रेलरमा देखिएका स्टन्ट दृश्यहरू सडक र पानीमा छायांकन गरिएको छ । ऋतिक रोशनलाई अग्ला भवनहरूबाट हामफाल्दै गरेका दृश्यहरू पनि ट्रेलरमा समावेश गरिएको छ । ब्याङ् ब्याङलाई टम क्रुजको ‘नाइट एण्ड डे’को अफिसियल रीमेक भएको बताइदै आएको छ ।

 


  •  
  •  
  •