आज यी ठाउँबाट गाडी चलाउन रोक

156
  •  
  •  
  •  

काठमाडौं ५ फागुन (ओएनएस) : ट्राफिक प्रहरीले महाशिवरात्री पर्वका दिन आजको सवारी चापलाई लक्षितगर्दै पशुपति क्षेत्र आसपासका विभिन्न २०  स्थानमा सवारी साधन प्रवेशमा निधेष गरेको छ । पशुपतिनाथको दर्शनका लागि जाने दर्शनार्थीको भीड हुने र उनीहरूको सहजताका लागि गौशाला वरपरका विभिन्न आठ स्थानमा सवारीसाधन प्रवेशमा रोक लगाइएको हो । लागु गरेको हो ।
शिवरात्रिलाई ध्यानमा राखेर महाशाखाले चाबहिलबाट गौशाला, पुरानो बानेश्वरबाट गौशाला, ज्ञानेश्वरबाट रातोपुल हुँदै गौशालातर्फ सवारी प्रवेशलाई निषेध गरिएको छ ।

त्यस्तै, द्वारिका होटलको उत्तरतर्फको शाखा मार्ग, सिफल चौरबाट जयबागेश्वरीतर्फ, लामपोखरीबाट कुटुवहाल हुँदै मित्रपार्कतर्फ, गौरीघाटबाट उमाकुण्ड हुँदै मित्रपार्कतर्फ तथा तिलगङ्गाबाट गौशालातर्फ जाने सडकमा पनि सवारी प्रवेशमा रोक लगाइएको छ ।

शिवरात्रिमा दर्शनार्थीले सहज रुपमा त्यस क्षेत्रमा प्रवेश पाउन् भनेर सवारी व्यवस्थापनका लागि वरिष्ठ प्रहरी उपरीक्षकको नेतृत्वमा महाशाखाले ३०० प्रहरी खटाउने भएको छ । मालबाहक सवारी साधन तीनकुनेबाट सिनामङ्ल, जोरपाटीबाट नारायणटार, नयाँबानेश्वरबाट सिनामङ्गल चल्न रोक लगाइएको छ ।

पशुपतिनाथ मन्दिरमा दर्शन गर्न जाने यात्रुहरुको सुविधालाई ध्यानमा राखेर महाशाखाले दर्शनार्थी, तीर्थयात्री र विदेशी पर्यटकवाहक सवारी साधनका लागि तिलगङ्गामा पार्किङको व्यवस्था गरेको छ ।

पासवाला सुरक्षा निकाय तथा सरकारी सवारी साधनलाई गौशाला प्रहरी प्रभागमा पार्किङको व्यवस्थापन गरिएको छ ।

पासवाला सवारी साधन, भारतीय दर्शनार्थीका सवारी साधनलाई अमालकोटमा व्यवस्थापन गरिनेछ ।

स्वदेशी तथा विदेशी दर्शनार्थी तथा तीर्थयात्रीका सवारी साधन र सःशुल्क दर्शन गर्ने दर्शनार्थीका सवारी साधन सिफल चौरमा पार्किङको व्यवस्था मिलाइएको छ ।

गुहेश्वरीपारि बौद्ध जोरपाटीतर्फबाट आउने सवारी साधनका लागि पार्किङ व्यवस्थापन गरिन लागेको बताइएको छ ।

महाशाखाले पार्किङका लागि तोकिएका क्षेत्रमा एकैचोटी चार सयको हाराहारीमा सवारी साधान अट्ने बुझिएको छ ।

शिवरात्रिका अवसरमा भारतबाट मात्र १०० को हाराहारीमा ठूला यात्रुवाहक बस भोलि बिहानसम्ममा उपत्यका भित्रिने अनुमान गरिएको छ ।

पशुपति विकास क्षेत्र कोषले यसपटक क, ख र ग गरी प्याजी, हरियो र निलो पासको व्यवस्था गरको छ । कोषले वितरण गरेको पासका आधारमा महाशाखाले कुन सवारी साधानलाई कहाँसम्म पहुँच दिने भन्ने व्यवस्था मिलाएको छ ।

महाशाखाले सवारी साधनको व्यवस्थापनका लागि ३९ स्थानमा चेकजाँच तथा २० स्थानबाट पशुपति क्षेत्रमा प्रवेश निषेध गरको छ ।


  •  
  •  
  •