नियम नमान्न यातायात व्यवसायीको आन्दोलन, सरकार कडा रुपमा प्रस्तुत हुँदै

129
  •  
  •  
  •  

काठमाडौं १३ जे( ओएनएस) : यातायात मजदुर व्यवसायीले आज भाडाका सवारी साधान बन्द गराएका छन् । गाडी नचलाएर केही ठाउँमा चक्काजाम गरेका छन् । गृह मन्त्रालयले सार्वजनिक यातायात बन्द नगर्न चेतावनी जारी गरेपनि उनीहरुले आज र भोलिका लागि नागरिकलाई सास्ती दिनेगरि यातायात बन्द र चक्काजाम राखेका छन् । ट्राफिक प्रहरीले वृद्धि गरेको जरिवाना फिर्ता गर्न माग गर्दै आजका लागि चक्काजाम घोषणा गरेका हुन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसहहित विभिन्न याताव्यवसायी संकर मजदुर संगठनले संयुक्त विज्ञप्ती जारी गर्दै बिहीबारको चक्काजामको पुर्वनिर्धारित कार्यक्रम फिर्ता नहुने जनाएका थिए ।

वस अनुसार भाडाका सार्वजनिक सवारी साधनलाई पूर्ण रुपमा बन्द छन् । निजी सवारी साधनहरू भने सञ्चालनमा छन् । जेठ १ गतेदेखि न्युनतम् ५ सयदेखि अधिकतम १५ सयसम्मको जरिवाना लगाउन सक्ने नियम लागू गरेको थियो ।


  •  
  •  
  •