ट्राफिकलाई धम्क्याउँदा सांसद फन्दामा

185
  •  
  •  
  •  

काठमाडौं ।
‘हामी को हो चिन्छस् ?’ बा ६५ प ९९१४ नम्बरको निलो पल्सर बाइकका चालक माइतीघरमा ट्राफिक प्रहरी जवान लक्ष्मी लामाथि खनिए ।  ती चालक त्यतिमा मात्रै रोकिएनन् र लामाप्रति अझै आक्रमक बने,’बढी हुने होइन, जागिरसमेत खाइदिउँला ।’

चालक रोकिएको मात्रै के थिए, सोही मोटरसाइकलको पछाडि रहेकी महिला ट्राफिक प्रहरीलाई गाली गर्न तम्सिइन्, ‘ म सांसद हुँ, सांसदलाई सडकमा रोक्ने त को होस् ?’

तव ट्राफिक जवान लामा निरीह देखिइन् । तर, अर्की ट्राफिक प्रहरीले लेन मिचेका ती चालकलाई रोकेर साँचो खोसिन् ।

मोटरसाइकलको पछाडि रहेको महिलाले ट्राफिकको बिरोध गर्दै तत्काल प्रहरी महानिरीक्षक उपेन्द्रकान्त आर्याललाई फोन गरिन् । त्यसपछि महानिरीक्षक अर्यालले ट्राफिक महाशाखाबाट यसबारे जानकारी लिएका थिए । त्यसबेला अपराहृन तीन बजिसकेको थियो ।

लेन मिचेपछि कारबाही गरेको जनाएपछि अर्यालले कारबाही अघि बढाउन संकेत गरे ।

लेृन मिच्ने चालकको लाइसेन्स हेर्दा मात्र थाहा भयो, ट्राफिक प्रहरीमाथि जाइलाग्ने सैनिक अस्पतालमा कार्यरत डाक्टर र नेपाली कांग्रेसका सांसद रश्मी ठाकुर रहेछन् । उनीहरु नाताले श्रीमान् श्रीमती रहेको खुलेको छ ।
कारोबारबाट


  •  
  •  
  •