सुदूरपश्चिममा ट्राफिक चिन्ह हराउदै

457
  •  
  •  
  •  

कञ्चनपुर ८ चैत (ओएनएस) : सुदूरपश्चिमका पहाडि जिल्लाका अधिकांश सडकहरुमा ट्राफिक चिन्ह हराउँदै गएका छन् । कैलाली, डोटी, डडेल्धुरा, बैतडी,वझाङ लगायतका जिल्लामा रहेका राजमार्गमा ट्राफिक चिन्ह हराउदै तथा जिर्ण वनेका छन् । महाकाली लोकमार्ग सहित भिमदत्त राजमार्ग, के आई सिंह राजमार्ग , दशरथ चन्द राजमार्ग र जय पृथ्वी राजमार्गमा ट्राफिक चिन्ह जिर्ण वन्दै गएकाले सवारीसाधन संचालनमा कठिनाईका साथै दुर्घटनाहरु घट्ने गरेका छन ।

स्थानिय रुटहरुमा सवारी साधन चलाउनेहरुलाई स्थानिय सडकको बारेमा थाहा हुने भएपनि लामो दुरीका गाडि चालकहरुलई भने निकै नै समस्या हुने गरेको ना २ ख ९३३१ ट्रक चालक धनेश जोशीले बताए । ट्राफिक चिन्हले अगाडि आउने बाटो बारे अग्र जानकारी दिने भएका गाडि सञ्चाल्नमा सहजता हुने भएपनि ट्राफिक चिन्ह नै नहुदा समस्या हुने गरेको चालक जोशीको भनाई रहेको छ ।

छोटो दुरीमा चालकलाई सडकबारे ज्ञान हुने भएपनि लामो दुरीमा त्यो संम्भव नहुदा अधिकांस सवारी दुर्घटनाहरु घट्ने गरेका छन ।

केही मात्रामा ट्राफिक चिन्हहरु राजमार्गमा भए पनि तिनीहरु जिर्ण भई सकेको तथा टुट फुटको अवस्थामा रहेका छन । यस बिषयमा सडक डिभिजन र ट्राफिक प्रहरील्ो बिशेष ध्यान दिनु पर्ने गाडि चालकहरुको भनाई छ ।


  •  
  •  
  •