काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबार वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ ।
‘नेपाल भ्रमण वर्ष २०२०’ को उद्घाटन कार्यक्रम अन्तर्गत ठमेलबाट र्यालीसहित उद्घाटन समारोहको समूह दिउँसोको समयमा दशरथ रंगशालासम्म जाने हुदाँ थापाथली, त्रीपुरेश्वर, कालीमाटी, शहीद गेट, जमल, केशरमहल क्षेत्रमा अत्यावश्यक सवारी साधनबाहेक अन्य सवारी साधन नचलाइ वैकल्पिक रुट प्रयोग गरिदिन महाशाखाले अनुरोध गरेको छ ।
साथै महाशाखाले सम्पूर्ण सर्वसाधरणको लागि काठमाडांै मल अगाडि टुँडिखेलमा पार्किङ स्थल तोकिएको जनाएको छ ।