काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट तीन महिने विशेष ट्राफिक उज्यालो अभियानमार्फत ६ हजार जनालाई सचेतना प्रदान गरिएको छ ।
यस एक हप्तामामात्रै सार्वजनिक भाडाका सवारी चालक र सहचालक ७०३ जना, ट्याक्सी चालक ७० जना, मोटरसाइकल चालक १,००६ जना, सिंहदरवार स्थित विभिन्न मन्त्रालयका सरकारी चालक ६१२, नेपाली सेनाका चालकहरू ५७, पैदलयात्री २,६३५ र विद्यार्थी ८०१ गरी जम्मा ५,८८४ जनालाई ट्राफिक नियम र सडक अनुशासनबारे प्रशिक्षित दिइएको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । उनले भने, ‘हामीले ’कोर्स’ नै डिजाइन गरी ट्राफिक सचेतना प्रदान गरेका छौँ ।‘
यस अभियान दैनिक रूपमा महाशाखा र मातहतका ४० इकाइबाट ट्राफिक नियम सम्बन्धि पर्चा पम्प्लेट, स्टिकर वितरण र श्रव्यदृष्य प्रदर्शनी गरी ट्राफिक नियमबारे सचेतना दिएको, सरकारी, सार्वजनिक भाडा र निजी क्षेत्रका चालकलाई पायक पर्ने ठाउँमा र स्कूलरकलेजका विद्यार्थीलाई विद्यालयमै गएर सचेतना कक्षा लिने गरिएको छ ।
ट्राफिक सचेतना अवधारणालाई नागरिकसम्म पुर्या उने, सडक अनुशासनको विषयलाई संस्कारका रुपमा विकास गर्ने, सडक प्रयोगकर्तासँगको सम्बन्ध, सहयोग र सहकार्य बढाउने, सडक दुर्घटना न्यूनीकरण गर्ने तथा ट्राफिक व्यवस्थापनमा सुधार ल्याउने उद्देश्यले यो अभियान शुरु गरिएको महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिए ।
साथै उक्त अभियान सञ्चालनका लागि दैनिक प्रहरी अधिकृतसहित १ सय ३० ट्राफिक प्रहरीको जनशक्ति परिचालन छन् भने यस अभियान पुस १ गतेवाट शुरू भएको र फागुन मसान्तसम्म सञ्चालन हुने र अभियानका क्रममा एक लाख नागरिकलाई सचेतना दिईने कार्यक्रम रहेको छ ।