उपत्यकामा करिब ६ सय ट्याक्सी कारबाहीमा

242
  •  
  •  
  •  

taxi protestकाठमाडौँ, १४ जेठ(ओएनएस) : काठमाडौँ उपत्यकामा एक महिनामा ५ सय ८२ ट्याक्सी कारबाहीमा परेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार विभिन्न कारण ती ट्याक्सीलाई कारबाही गरिएको हो । महाशाखाका अनुसार मिटरमा जान नमान्ने र पैसाको मोलमोलाई गर्ने ४ सय ६१, मिटर बिगारेको वा कल फास्ट गर्ने ६३ र प्रयोजनविपरीत रातो प्लेटलाई भाडाका रुपमा प्रयोग गरेका ५८ ट्याक्सी कारबाहीमा परेका हुन् ।

ट्याक्सी चालकहरूले यात्रुसँग भाडामा बार्गेनिङ गरेर धेरै भाडा लिने, मिटर बिगारेर यात्रुलाई ठग्ने जस्ता काम गर्ने ट्याक्सीहरूलाई कारबाही गरिएको महाशाखाले जनाएको छ । विशेषगरी अत्यावश्यक स्थानहरू अस्पताल, विमानस्थल, सरकारी कार्यालयहरूमा धेरै भाडा लिने गरेको भन्दै महाशाखाले त्यस्ता स्थानमा कडा निगरानी गरिरहेको महाशाखाले जनाएको छ ।


  •  
  •  
  •