सवारी न्युनिकरणका लागि ट्राफिक प्रहरी सक्रिय

363
  •  
  •  
  •  

traffic policeदाङ, २७ चैत(ओएनएस) : जिल्लामा बढ्दो सवारी दुर्घटनालाई न्युनिकरण गर्न तथा यात्रु मैत्री वातावरण निर्माणका लागि दाङमा ट्राफिक प्रहरी सघन रुपमा सक्रिय भएको छ ।

घोराही तुलसीपुर सडकखण्ड अन्तर्गत पर्ने त्रिपुर नगरपालिका १ स्थित अस्थाई ट्राफिक प्रहरी पोष्टले बढ्दो सवारी दुर्घटना, ढोका खुल्ला राखी सवारी चलाउने, ढोकामा यात्रु झुण्ड्याउने गरेका सार्वजनिक यात्रुबाहक सवारी साधनको ढोका अड्याउने हुक (चुकुल) नियन्त्रणमा लिने कार्यलाई तिब्र पारेको छ ।

यसैगरी सघन चेक जाँचको क्रममा सार्वजनिक सवारीका साधनहरुमा महिला, अपांग, अशक्त र जेष्ठ नागरीकहरुका लागि सिट आरक्षण भए नभएको र पालना भए नभएको समेत चेक जाँच गरिएको र पालना नगरेका सवारी १२ वटा सवारी साधनहरुबाट चालकको सवारी चालक अनुमति पत्र र सवारी दर्ता किताब नियन्त्रणमा लिई मौखिक नसिहत दिई छोडिएको अस्थाई ट्राफिक प्रहरी पोष्ट नारायणपुरका प्रहरी सहायक निरिक्षक भवानि सिँह कुँवरले जानकारी दिएका छन् ।

traffic police1“यसरी नियमको पालना नगरी संचालन गरिएका सार्वजनिक सवारीका साधनहरू कार्वाहीका भागीदार हुनेछन्’, कुँवरले भने । सवारी चेक जाँचका क्रममा भवानी सिँह कुँवर, प्रहरी हवल्दार गोपाल श्रेष्ठ र प्रहरी जवान रमेश दत्त भट्ट रहेको ट्राफिक प्रहरीको टोलीले गाडीमै चढेर यात्रु तथा स्टाफहरूलाई सवारी ऐन, आरक्षण सिट राख्नु पर्ने कारण, सवारी चलाउँदा ढोका बन्द गर्नुपर्ने कारण तथा यात्रुहरु सचेतहुनुपर्ने बिषयमा अणुशिक्षण दिएको थियो । चेक जाँच नियमित हुने भन्दै नियमानुसार सवारी साधनहरु चलाउन सर्वसाधारणहरु सबैमा प्रहरी सहायक निरिक्षक कुँवरले सबैमा हार्दिक अनुरोध गरेका छन् ।

“द्रूत गतिमा सवारी साधन हुईंक्याउने, मादक पदार्थ सेवनगरी सवारी साधन चलाउने, अनाधिकृत सवारी साधनहरू चलाउँदा जनधनको क्षति हुने हुँदा ट्राफिक प्रहरीको सकृयता सह्राहनिय छ ।”, उद्योग वाणिज्य संघ नारायणपुरका पुर्व अध्यक्ष दानबहादुर बुढाथोकीले भने ।

घोराही तुलसीपुर सडक खण्ड अन्तर्गत पर्ने त्रिपुर नगरपालिका खण्ड ट्राफिक चेक जाँचका हिसावले नियमित र कडा खालको हुने महसुस गरेका आम जनताहरुमा सकारात्मक छाप छोड्न ट्राफिक प्रहरी सफल रहेको त्रिपुर युवा संजालका अध्यक्ष शिव श्रेष्ठले बताए ।


  •  
  •  
  •