सार्क अवधिभर ट्राफिक ब्यवस्था यस्तो छ

171
  •  
  •  
  •  

Picture2काठमाडौं, ५ मंसिर (ओएनएस) : आगामी मंसिर १० र ११ गते काठमाडौंमा हुने १८ औं सार्क शिखर सम्मेलनको दौरान उपत्यकामा साढे ७ लाख सवारीसाधन प्रभावित हुने भएका छन् ।

सार्क सम्मेलनको दौरान ट्राफिक   ब्यवस्थालाई सहज बनाउन नेपाल सरकारले १० र ११ गते सरकारी विदा दिने निर्णय गरिसकेको छ भने स्कुल तथा तथा कलेज ९ देखि १२ सम्म बन्द गर्न निर्देशन दिइसकेको छ ।

महानगरीय ट्राफिक बिभाग, रामशाहपथका अनुसार सार्क अवधिभर १ घण्टामा ९२, १८३ सवारी साधन प्रभावित हुनेछन् ।

सार्क अवधिभरको लागि ट्राफिक प्रहरीले गरेको ब्यवस्था यस्तो छ

  • सवारी मार्गमा १ घण्टाको अबधीमा प्रभाबित हुने जनसंख्या : २,६३,५५७ कुल जनसंख्याको ६.६ प्रतिशत
  •  बाग्मतीमा दर्ता भएका सवारी साधनको संख्या : ७,५५,५४६
  •  सवारी मार्गमा १ घण्टाको अबधीमा प्रभाबित हुने सवारी साधनको संख्या : ९२,१८३ (कुल सवारी साधनको १२.२० प्रतिशत )

प्रभाबित हुने सवारी साधन

  • जोर बिजोर प्रणाली लागु हुँदा करिब ४२ ५ ९३,१७,३२९० सवारी साधनहरु संचालन हुने
  •  सवारी मार्गमा १ घण्टाको अबधीमा प्रभाबित हुने सवारी साधनको संख्या : ३८,७१७ (कुल सवारीको ५%)
  • सरकारी बिदा र शैक्षिक संस्था बिदा सहित जोर बिजोर प्रणाली लागु हुदा करिब ३३ ५ ९२,४९,३३०० सवारी साधन संचालन हुने
  • सवारी मार्गमा १ घण्टाको अबधीमा प्रभाबित हुने सवारी साधनको संख्या : ३०,४२० कुल सवारीको  ४ %

सहज ट्राफिक व्यबस्थापनको लागी नेपाल सरकारको निर्णय

  • सार्बजनिक बिदा मंसिर  १० र ११ गते
  • शैक्षिक संस्था बिदा मंसिर ९ देखि १२ गतेसम्म
  • सवारी साधनमा जोर बिजोर प्रणाली  मंसिर ८ देखि १२ गतेसम्म
  •  मंसिर ९ र ११ गते विजोर नम्बर प्लेट
  •  मंसिर ८, १० र १२ गते जोर नम्बर प्लेट
  • नोट :  नम्बर प्लेटको अन्तिम अंकलाई आधार मानिनेछ

 जोर बिजोर लागु नहुने

  •  आकस्मिक सेवाका सवारी साधनहरु अस्पताल, एम्बुलेन्स, दमकल, सवबाहन
  •  सरकारी सवारी साधनको हकमा गृह मन्त्रालयको पास
  • कुटनैतिक नियोग, प्रेस र पास लिएका अन्य मिडियाका सवारी साधनहरु Security Pass and Media Handling उपसमितिबाट पास लिन सकिने
  • पर्यटक हरियो नम्बर प्लेटका सवारी साधन
  • बिबाहको लागि दुलहा दुलही चढेको सवारी साधन जन्तीको गाडीको हकमा जोर बिजोर लागु हुने

नियन्त्रीत रुपमा समय मिलाएर चल्न दिने

  • अत्याबश्यक सेवाका सवारी साधनहरुको हकमा ग्यास, तेल, दुस्ध, पानी, तरकारी, पेट्रोलियम पदार्थ आदी
  • कुटनैतिक बाहेकका अन्य बिदेशी सवारी
  • रात्री बस र दिवा सेवाका यात्रुबाहक सवारी साधनहरु लाइ हेरी

जोर बिजोर प्रणाली उल्लंघन गर्नेलाई कारबाही

  •  ८ गतेको हकमा जानकारी नभएका सवारी साधनहरुलाई सम्झाइबुझाई गर्ने र सोही दिशातर्फ फर्काइदिने
  • ९ गतेबाट सवारी साधनहरुलाई नियन्त्रण र ट्राफिक उल्लंघन गरेबापत जरिवाना गरिने

सार्कको ट्राफिक ब्यबस्थापनको तयारी

  •  सम्पुर्ण सवारी मार्ग, बैकल्पीक मार्ग, समारोहस्थल, पार्किङ्ग लगायतको व्यबस्थापनको योजना तयार पारिएको ।
  • ट्राफिक परिचालनको सम्पुर्ण योजना तयार गरिएको ।
  •  सार्कमा खटिने सम्पुर्ण ट्राफिक प्रहरीलाई अनुशिक्षण दिइएको ।

सवारी मार्गमा डाईभर्सन

  • सवारी मार्गमा निम्नानुसार प्रबेशमा रोक लगाउने
  •  मालबाहक सवारी साधनहरुको हकमा समय निर्धारण गरेर मात्र रिङ्गरोड भित्रका क्षेत्रहरुमा प्रवेश गर्ने व्यवस्था मिलाइने ।
  •  Heavy तथा x Slowmoving vehicle हरुलाई ३० मिनेट अगाडीबाट सवारी मार्गबाट डाइभर्सन गरिने ।
  • सवारी मार्गको बिपरीत दिशाबाट आउने सम्पुर्ण सवारी साधनहरुलाई १५ मिनेट अगाडीबाट डाईभर्सन गरिने ।
  • सेम रुटका सम्पुर्ण सवारी साधनहरु १० मिनेट अगाडीबाट डाईभर्सन गरिने।

पुरानो बसपार्कको सवारी साधन व्यबस्थापन

  •  मंसिर ८ गतेबाट पुरानो बसपार्क खाली गरिने

सानोगौचरण

  •  चाबहिल हुदै मण्डिकाटार, कपन, बौद्ध, जोरपाटी, साखु, सुन्दरीजल, गोठाटार तर्फ चल्ने सवारी साधनहरु उक्त स्थानबाट संचालन गराइने।

लैनचौर-भैसीचौरस्

  • बालाजु- बनस्थली, टोखा, झोर, फुटुङ्ग, बुढानिलकण्ठ तर्फ चल्ने सवारी साधनहरु उक्त स्थानबाट संचालन गराइने।

जडीबुटी

  •  भक्तपुर तथा काभ्रे,बनेपा, धुलीखेल र अरनिको राजमार्ग भएर चल्ने सवारी साधनहरु लाई पेप्सिकोला जडीबुटी सडक खण्ड किनाराबाट संचालन गरिने।

  •  
  •  
  •