बेचविखनको नयाँ तरिका अपनाइदै

411
  •  
  •  
  •  

काठमाडौं २० भदौ (ओएनएस) ः नेपालमा मानव बेचविखनको संख्यामा कमी आएको बताइएपनि त्यसको स्वरुप फेरिएको छ । यसअघि भारतमा मात्रै नेपाली चेलीबेटीको बेचविखन भइरहेकोमा अहिले तेस्रो मुलुकमा समेत रोजगारीका नाममा बेचवेखिन हुने गरेको पाइएको छ । दलालहरुले भारतबाट तेस्रो मुलुकमा बेचविखन गर्ने नयाँ बाटो बनाउन थालेको सरोकार वालाले जनाएका छन् । पौरखी नेपालका अध्यक्ष मन्जु गुरुङले आज मानव बेचविखन विरुद्धको दिवसका सन्दर्भमा बेचविखनको नयाँ तरिकामा छलफल आबश्यक रहेको बताइन ।
मानव बेचबिखन विरुद्धको आठौ राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरेर मनाइदैछ । ‘जागौं जागौ’  मानव बेचबिखन रोकन सबै लागौ” भन्ने नाराका साथ दिवस मनाउन लागिएको महिला बालबालिका तथा समाज कल्यााण मन्त्रालयले जनाएको छ । दिवसको अवसरमा मानव बेचबिखनका विरुद्ध काम गर्ने सरकारी तथा गैरसरकारी सस्थाहले काठमाण्डूको भृकुटी मण्डपबाट प्रभात ¥याली निकालेका छन् ।
प्रधानमन्त्री सुशील कोइरालाले व्यक्तिगत स्वार्थ र आर्थिक लोभका कारण मानव बेचविखन जस्ता जघनय अपराध हुने गरेको बताएका छन् । एक सन्देश दिदै उनलेयससमा सँलगन व्यक्तिलाई कठोर सजाय र दण्ड दिनुपर्ने बताए । यस्तै महिला बालबालिका तथा समाज कल्याण मन्त्री नीलम केसीले बेचविखन विद्धको अभियानमा नेपाल सरकार र यस क्षेत्रमा कार्यरता सबै गैरसरकारी सँघ सस्थासँग सहकार्य गरी मानव बेचबिखन तथा ओसारपसार विरुद्धको अभियनमा प्रतिवद्ध रहने बताए ।
नेपालमा हरेक वर्ष १२ हजार महिला तथा बालिका बेचविखनको जोखिममा रहेको विभिन्न तथ्याङ्कहरुले देखाएको छ । राष्ट्रिय मानव अधिकार आयोगले चार दिन अघि सार्वजनिक गरेको प्रतिवेदन अनुसार सन् २००६ देखि अहिलेसम्म १८ वर्ष मुनिका झन्डै १२ हजार जना बोचिएका छन् ।

 


  •  
  •  
  •