अनौठो चलन: दाइजो लिएर छोरी दिइने

524
  •  
  •  
  •  

kenya-pokot-tribal-wedding-ceremonyकाठमाडौ, २५ मंसिर(एजेन्सी) : हामीले अहिलेसम्म विवाहमा छोरीसहित दाइजो समेत दिने चलन छ । छोरीलाई जतिसक्यो धेरै दाइजो दिने परम्परा रहेको छ । तर, केन्याको पोकोट आदिवासीहरूमा भने विवाहको फरक परम्परा छ ।

kenya-pokot-tribal-wedding-ceremony2पोकोट आदिवासीहरूको विवाहमा केटी पक्षले केटा पक्षलाई दाइजो दिदैनन् । उनीहरूको परम्परामा केटा पक्षले केटी लगेवापत दाइजो दिने चलन छ । विवाहका लागि केटीका घर आएका केटा पक्षले दाइजो ल्याउने चलन छ । तर, दाइजोमा हाम्रो जस्तो सुनचाँदी या सामान दिने चलन छैन् । उनीहरुले दाइजोमा केटी पक्षलाई २० वटा बाख्रा, ३ वटा ऊँट र दश वटा गाई दिने गर्छन् । यहाँ केटी पक्षका आफन्तले छोरी दिनका लागि दाइजोका लागि बार्गेनिङ गर्ने गर्छन् ।

kenya-pokot-tribal-wedding-ceremony3पोकोट आदिवासीहरूले केटीहरुलाई विवाह कुनै पनि कुरा थाहा दिँदैनन् । बाबुआमाले छोरीलाई विवाहको बारेमा जानकारी दिँदा यदी छोरीले दाइजोको मागको कुरा थाहा पाएर नभागोस् भन्नका लागि थाहा दिदैनन् । केटीहरूलाई करिब एक महिना एक्लै राखेपछि जब केटापक्ष विवाहका लागि आउँछन्, तबमात्र केटीले आफ्नो विवाह हुन लागेको थाहा पाउँछन् ।

kenya-pokot-tribal-wedding-ceremony1विवाह समारोहमा धेरै केटीहरूको विवाह भएको थियो । उक्त विवाह कार्यक्रममा गाऊँलेहरुले एउटा ठूलो गोरू या राँगो खोजेर काट्ने गर्छन् । केहीसमय पहिले मात्र पनि उक्त क्षेत्रमा विवाह समारोह भएको थियो । उक्त क्षेत्रमा करिव १ लाख ३३ हजार आदिवासीहरु बस्दै आएका छन् । यस्तै, त्यहाँ विवाह गर्नका लागि केटीहरूको उमेर विवाह योग्य नभएपनि विवाह गरिदिने चलन छ । केन्यामा बालविवाह गैरकानुनी भएपछि पोकोट आदिवासीहरूले पनि उक्त कानुनको कुनै वास्ता छैन् ।

kenya-pokot-tribal-wedding-ceremony4विवाह समारोहका क्रममा केटीले दिउँसोदेखी भोलिपल्ट बिहानसम्म उभिएर गाना गाउनु पर्छ । समारोहको अन्त्यमा बुढापाकाहरूको संरक्षणमा केटा र केटी नाच्ने गर्छन् ।

kenya-pokot-tribal-wedding-ceremony5


  •  
  •  
  •